फ्लोरिडा अस्पतालमा बिरामीको औंला चुस्ने कर्मचारी पक्राउ


प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार

फ्लोरिडा अस्पतालमा बिरामीको औंला चुस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । २३ बर्षीय फ्रान्ज बेल्डोरिन नामको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

फोर्ट मेयरमा रहेको गल्फ कोस्ट अस्पतालमा बिरामीको खुट्टाको औंला चुसेको अभियोग उनीमाथि रहेको छ । बिरामीले रातीमा आफ्नो औंला चुसेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

राती ११ बजेतिर आफ्नो खुट्टाको औंला कसैले छोएको जस्तो लागेको तर सुरुमा आफूलाई नर्सले सुन्निएकोबारे चेक गरेको जस्तो लागेको विरामीले बताएका छन् । तर पटकपटक औंलामा कसैले छोएको महसुस गरेपका थिए ।

तेश्रोपटक पनि त्यस्तो अनुभव भएपछि बिरामीले उठेर हेरेका थिए । हेर्दा ती व्यक्तिले आफ्नो औंला चुसेको भेटाएका थिए ।

बिरामीले खुट्टा हटाएपछि ती व्यक्ति आफ्नो सिटमा आएर बसेका थिए । ती व्यक्ति अस्पतालमा बिरामी कुरुवाका रुपमा काम गर्दै आएका थिए ।

बिरामीको औंला चुस्ने व्यक्तिलाई स्थानीय लि काउन्टी जेलमा राखिएको छ । उनलाई १५ सय डलर धरौटी तोकिएको जनाइएको छ । ती व्यक्तिमाथि ६५ बर्षभन्दामाथिका व्यक्तिलाई उसको इच्छाविपरित छुने गरेको अभियोग लगाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com