न्युयोर्कको क्वीन्समा रहेको टीडी बैंकमा दिनदहाडै डकैती


प्रकाशित मिति : फाल्गुन १३, २०७६ मंगलबार

न्युयोर्कको क्वीन्समा रहेको टीडी बैंकमा दिनदहाडै डकैती भएको छ । विहानै बैंकभित्र प्रवेश गरेको व्यक्तिले बैंकको काउन्टरबाट रकम लगेको जनाइएको छ ।

क्वीन्स भिलेजको जमैका एभिन्युमा रहेको टीडी बैंकको काउन्टरमा गएर उक्त व्यक्तिले टेलरलाई एउटा धम्कीपूर्ण नोट दिएको थियो । उक्त नोटमा रकमको माग गरिएको थियो ।

उक्त व्यक्ति विहान १० बजेर १५ मिनेट जाँदा बैंकमा प्रवेश गरेको थियो । उक्त व्यक्तिको धम्कीपूर्ण नोट पढेपछि बैंकमा कर्मचारीले ५ सय डलर निकालेर दिएको प्रहरीले जनाएको छ ।

त्यसपछि उक्त व्यक्ति खाकी ज्याकेटमा बैंकबाट निस्केको थियो । पैदल नै त्यहाँबाट भागेको थियो । प्रहरीले सार्वजनिक गरेको तस्वीरमा उक्त व्यक्तिले खाकी ज्याकेट, रातो टोपी र कोठाभएको सुरुवाल लगाएको छ ।

प्रहरीले उक्त व्यक्तिको पहिचान खोलेको छैन । उक्त व्यक्ति पक्राउ परे नपरेको बारे पनि केही बताइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com