बुक गरेकै सिट नपाएका यात्रुलाई युनाइटेड एयरलाइन्सले दियो ९० हजार डलर


प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार

बुक गरेकै सिट नपाएका यात्रुलाई युनाइटेड एयरलाइन्सले दियो ९० हजार डलर बराबरको क्षतिपूर्ति दिएको छ । शनिबार नेवार्कबाट हवाई जाने ९ जना यात्रुलाई उनीहरुले बुक गरेको बिजनेश क्लासको सिट दिन नसकेपछि दश हजार डलरका दरले ९० हजार डलर बराबरको क्षतिपूर्ति दिइएको हो ।

११ घण्टा लामो उडानमा युनाइटेड एयरलाइन्सले जहाज परिवर्तन गर्नुपरेपछि बुक गरेकै सिटहरु दिन नसकेको हो । त्यसको सट्टा माइलका रुपमा ९० हजार डलरको भौचर दिइएको हो ।

ती यात्रुहरुले आफूखुशी तल्लो श्रेणीको सिट स्वीकार्न तयार भएका थिए । उनीहरुलाई प्रिमियम प्लसमा राखिएको थियो, जहाँ यात्रुलाई अलिक बढी लेगरुम रहेको थियो ।

यात्रुहरुले सधै आफ्नो अधिकार थाहा पाउँदैनन्, जब उनीहरुलाई बुक गरेको सिट दिइदैन । यदि यात्रुहरुलाई एयरलाइन्सले उथलपुथल पारेमा क्षतिपूर्ति दिनुपर्ने प्रावधान रहदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा कुनै विमानले धेरै टिकट बेचेर अर्को उडानमा राख्नुपरेका कारण आन्तरिक उडानमा एकघण्टाभन्दा लामो समय अवतरणमा ढिलाइ हुने यात्रुहरुलाई एयरलाइन्सले क्षतिपूर्ति दिनुपर्ने प्रावधान रहेको छ । तर यो प्रावधानबारे कैयन यात्रुलाई थाहा नभएका कारण उनीहरु क्षतिपूर्ति लिएका हुँदैनन् । विमानले धेरै टिकट बेचेर अर्को उडानमा राख्नुपरेका कारण एकघण्टाभन्दा लामो समय ढिलो भएमा एकतर्फी भाडाको दोब्बर रकम र बढीमा ६७५ डलरसम्म क्षतिपूर्ति पाउनसक्ने प्रावधान रहेको छ ।

विमानले धेरै टिकट बेचेर अर्को उडानमा राख्नुपरेका कारण आन्तरिक उडानका क्रममा यात्रुले २ घण्टाभन्दा ढिलाई सामना गर्नुपरेमा एकतर्फी भाडाको चारगुणा वा बढीमा १३५० डलरसम्म क्षतिपूर्ति पाउनसक्ने प्रावधान छ ।

विमानले धेरै टिकट बेचेर अर्को उडानमा राख्नुपरेका कारण अन्तर्राष्टिय उडानका क्रममा यात्रुले १ घण्टादेखि ४ घण्टासम्म अवतरणमा ढिलाई सामना गर्नुपरेमा एकतर्फी भाडाको दुईगुणा वा बढीमा ६७५ डलरसम्म क्षतिपूर्ति पाउनसक्ने प्रावधान छ । त्यस्तै ४ घण्टाभन्दा बढी ढिलाई भएमा एकतर्फी भाडाको ४ गुणा वा १३५० डलरसम्म क्षतिपूर्ति पाउने प्रावधान छ ।

यसैबीच युनाइटेड एयरलाइन्सले मार्च ६ देखि पहिलो लगेजमा ५ डलर शुल्क बढाएर ३५ डलर र दोश्रोमा ४५ डलर शुल्क लिने भएको छ । तर २४ घण्टाभन्दा अगाडि नै अनलाइनबाट तिर्नेलाई भने कम शुल्क पर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com