अन्तरिक्ष यात्रीहरू आफ्नै पिसाब पिउँछन्


प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार

‘बहुमूल्य वस्तु’ भन्ने बित्तिकै हाम्रो दिमागले हिरा, मोती, सुन या यस्तै चम्किलो धातुको कल्पना गर्छौ । तर, अन्तरिक्षमा भने मान्छेको पिसाबलाई बहुमूल्य चिजमध्येको एक मानिन्छ । अन्तरिक्षयात्रीले अन्तरिक्ष यात्राका क्रममा आफ्नो पिशाब त पिउँछन् नै, उस्तै परे अन्य सहकर्मीको पिसाबसमेत पिएर जीवन धान्ने अवस्था हुन्छ ।

अन्तरिक्षमा पानीको अभाव हुने र यात्रीहरुले पनि निश्चित मात्रामा पानी लिएर जाने भएकाले त्यहाँका लागि पानी अति मूल्यवान वस्तुमा पर्छ । त्यसैले, अन्तरिक्ष यात्रीहरु एकपटक प्रयोग गरिसकेको पानी, पसिना र पिसाब फिल्टर गरेर फेरि पिउन योग्य बनाउँछन् । र त्यो पानीलाई अन्य प्रायोजनका लागि पनि प्रयोग गर्छन् ।

केही महिनाअघि वासिंग्टन पोष्टमा प्रकाशित समाचारअनुसार अमेरिकी अन्तरिक्ष यात्रीहरुले आफ्नो मात्रै नभएर आवश्यक परे रुसी अन्तरिक्ष यात्रीहरुको पिसाबसमेत पिउने गर्छन् । तर, रुसी अन्तरिक्ष यात्रीहरु भने आफ्नै पिशाब रिसाइकल गरेर पनि पिउन मान्दैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com