कपी, पेस्टका आविष्कारक अमेरिकन टेस्लरको निधन


प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार

सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए ।

उनले नै ‘कट’, ‘कपी’ र ‘पेस्ट’ जस्ता कमान्डको निर्माण गरेका थिए जसले गर्दा व्यक्तिगत कम्प्युटर सिक्न र प्रयोग गर्न सजिलो भएको थियो ।

उनले अधिकांश समय काम गरेको ‘जेरक्स’ कम्पनीले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ‘कट, कपी र पेस्ट, फाइन्ड एण्ड रिप्लेस लगायतका आविष्कारक जेरक्सका पूर्व अनुन्धानकर्ता ल्यारी टेस्लर थिए,’ कप्पनीले ट्वीटमा भनेको छ, ‘तपाईंले गर्ने दैनिक काम उनकै क्रान्तिकारी विचारले सजिलो बनेको छ ।’

टेस्लरको जन्म सन् १९४५ मा अमेरिकाको न्युयोर्कमा भएको थियो । उनले क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वविद्यालयबाट ग्राजुएसन सकेपछि उनले आफ्नो जीवन कम्प्युटर सिस्टमको प्रयोगलाई सहज बनाउन व्यतित गरेका थिए ।

उनले लामो समय जेरोक्स कम्पनीमा काम गरे भने १७ वर्ष एप्पल कम्पनीमा मुख्य वैज्ञानिको रुपमा पनि काम गरे । त्यस्तै, एमाजन र याहूमा पनि उनले केही समय काम गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com