अमेरिकी संचारमाध्यमका पत्रकार निष्काशन गरेकोमा अमेरिकी विदेशमन्त्रीले गरे चीनको निन्दा


प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार

अमेरिकी संचारमाध्यम वाल स्ट्रीट जर्नलका तीनजना पत्रकारलाई चीनले निष्काशन गरेकोमा अमेरिकाले निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले एक वक्तब्य जारी गर्दै चीनको कदमको निन्दा गरेका हुन् ।

परिपक्व र जिम्मेवार देशहरुले स्वतन्त्र प्रेसले तथ्यहरुको रिपोर्ट गर्ने र राय व्यक्त गर्नेकुरा बुझ्ने बताउँदै पम्पिओले भनेका छन् – ‘यसको सही प्रतिकृया जवाफी प्रतिकृयाबाट गर्नुपर्छ न कि वाक स्वतन्त्रतामा प्रतिबन्ध लगाएर । अमेरिकाले आशा गर्दछ कि चिनियाँ जनताले सही जानकारी र अभिव्यक्ति स्वतन्त्रताको पहुँच प्राप्त गर्न पाउनेछन् जुन अमेरिकीहरूले उपभोग गर्छन्।’

बुधबार मात्र चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको थियो । अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको हो ।

माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निष्काशित हुने पत्रकारमा डेपुटी ब्यूरो प्रमुख जोसेफ चिन, चाओ देङ र फिलिप वेन रहेका छन्। चीन र देङ अमेरिकन नागरिक हुन् भने वेन अस्ट्रेलियन नागरिक भएको जनाईएको छ ।

जर्नलले फेब्रुअरी ३ देखि कोरोनाभाइरसको विषयमा छाप्दै आएको स्तम्भमा चीनका विदेशमन्त्रीले आलोचना गर्दै आइरहेका थिए। स्तम्भ बार्ड कलेजका प्राध्यापक वाल्टर रसेलले ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ शीर्षकमा लेख्दै आएका थिए।।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com