मैदान छाडेका अमेरिकी राष्ट्रपति उम्मेदवार एन्ड्रयु याङ सीएनएनमा आवद्ध


प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार

अमेरिकी राष्ट्रपतिका पूर्व डेमोक्रेटिक उम्मेदवार एन्ड्रयु याङमा सीएनएनमा आवद्ध भएका छन् । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरीमा उम्मेदवार बनेका उनले हालै चुनावी मैदान परित्याग गरेका थिए ।

राजनीतिक समिक्षकका रुपमा उनी सीएनएनमा आवद्ध भएको सीएनएनले जनाएको छ । याङले आफ्नो आवद्धताबारे ट्वीटरमार्फत पुष्टी गरेका छन् ।

उनले आफूले विगतमा महिनाहरुमा कैयन कुराहरु सिकेको र सार्वजनिक बहसहरुमा योगदान दिन पाउनु आफ्ना लागि खुशीको कुरा भएको उनले बताएका छन् । उनी नयाँ जिम्मेबारीसहित सीएनएनमा बुधबार नै देखिने भएका छन् ।

विजनेशम्यान एन्ड्रयु याङले गतसातामात्र आफ्नो चुनावी अभियान परित्याग गरेका हुन् । उनले चर्चमा गाएका, विभिन्न इभेन्टहरुमा भाग लिएका र विभिन्न स्थानमा नाचेका भिडियोहरु भाइरल भएका थिए ।

आफ्नो चुनावी अभियानका बेलामा उनले सन् २०१९ को पछिल्लो तीनमहिनामामात्र १६ मिलियन भन्दा धेरै रकम संकलन गरेका थिए । उनले सन् २०१७ मा आफ्नो चुनावी अभियानको सुरुवात गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com