शिकागोमा सप्ताहन्तभर ११ जना बालबालिकामाथि गोली प्रहार


प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार

अमेरिकाको शिकागोमा सप्ताहन्तभर ११ जना बालबालिकामाथि गोली प्रहार भएको छ । शुक्रबार एकजना ८ बर्षकी बालिकाले ११ बर्षका बालकलाई गोली हानेकी थिइन् । त्यसपछि सोमबारसम्म विभिन्न घटनामा २५ जनामाथि गोली प्रहार भएको छ, जसमध्ये ११ जना बालबालिकाहरु रहेका छन् ।

सप्ताहन्तभर भएका यी घटनामा ३ जनाको मृत्यु भएको छ । यी घटनाहरु शुक्रबार बेलुका ६ बजेदेखि सोमबार विहान ६ बजेसम्म शिकागोभित्र भएका हुन् ।

शुक्रबार विहान ८ बजे एकजना ८ बर्षकी बालिकाले बन्दुक चलाउँदा ११ बर्षका बालक घाइते भएका थिए । शनिबार विभिन्न घटनामा ६ जना बालबालिकाहरुमाथि गोली प्रहार भयो ।

आइतबार दुईजना र सोमबार विहान एकजना बालबालिकामाथि गोली प्रहार भएका घटनाहरु सार्वजनिक भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजना ८ बर्षका बालक समेत रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com