चीनबाट ल्याइएका नेपाली भन्छन् – ‘सरकारले हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ’


प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरी भक्तपुर ल्याइएका नेपाली विद्यार्थीले सरकारी व्यवस्थापन देखेर खुशी व्यक्त गरेका छन् । १ सय ७५ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा. नवीन फुयाँलको नेतृत्वमा नर्ससमेत रहने स्वास्थ्य टोली प्रवेश गरेको छ । सो टोलीले क्वारेन्टाइनमा उनीहरुको शरीरको तामक्रम नापेको छ । ती १७५ को रगत सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ ।

हाँ पुगेपछि उनीहरूले नेपाल सरकारले आफूहरूले सोचेभन्दा राम्रो व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन् । ‘हामी समस्याबाट नै आएका हौं। सरकारले जे जति गरेको छ। हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ,’ क्वारेन्टाइनमा रहेका अशोक साहले भने, ‘साबुन, पानी , बेड, चप्पल सबै अलग अलग दिइएको छ। हामी व्यवस्थापनबाट सन्तुष्ट छौं।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल ल्याइएको हो ।

कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ ।

सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।

एउटा कोठामा तीनजनासम्म राख्ने व्यवस्था गरिएको भएपनि खाटहरू बीचको दुरी कम्तीमा एक मिटरको राखिएको छ। १८ वटा सीसीटिभी क्यामरा, आठवटा टेलिभिजन, सबै ब्लकमा स्पीकर र तीनवटा वासिङ मेशिनको व्यवस्था गरिएको छ।

सबै बेडमा दैनिक अत्यावश्यक कपडा र अन्य सरसफाइका सामग्रीहरू राखिएको छ। मनोरञ्जनका लागि ब्याडमिन्टन कोर्टदेखि क्यारेमबोर्डसम्मको व्यवस्था गरिएको छ।
हिँडडुल गर्न प्रोत्साहन गरिएको भए पनि त्यसको समेत निश्चित क्षेत्र र मापदण्ड बनाइएको छ।

परिवारसहित बाहिरका मानिसहरूसँग भेट्न दिइएको छैन। क्वारन्टीन क्षेत्रमा इन्टरनेटको व्यवस्था गरिएको छ।

मोबाइल फोन निषेध गरिएको छैन तर भित्रका गतिविधिहरूको तस्बिर र भिडिओ बाहिर प्रसारण नगर्न भनिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com