अफगानिस्तानको ब्यारकभित्रै २१ बर्षका अमेरिकी सेनाको रहस्यमय मृत्यु


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

२१ बर्षका अमेरिकी सेना ब्राण्डन किम्बलको अफगानिस्तानको ब्यारकभित्रै रहस्यमय मृत्यु भएको छ । उनको मृत्यु युद्ध वा हतियार सम्बन्धित नभएको बताइएको छ तर के कारणले मृत्यु भएको हो भन्नेबारे केही खुलाइएको छैन ।

किम्बलको मृत्यु अमेरिकी सरकारको रक्षा मन्त्रालयले पुष्टी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको सैन्य अधिकारीले जानकारी दिएका छन् ।

किम्बलले थर्ड बटालियन, टेन्थ एभियसन रेजिमेन्ट, न्युयोर्कको फोर्टडम बाहिरको टेन्थ कम्ब्याट एभियसन बिग्रेडमा समेत काम गरेका थिए । उनी सन् २०१६ देखि अमेरिकी सेनामा कार्यरत रहदै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको मृत्यु फरबरी १२ मा अफगानिस्तानको बागरम एयरफिल्डमा भएको हो । उनी ओरेगनका रहेको जनाइएको छ ।

उनको मृत्युप्रति दुख व्यक्त गर्दै अमेरिकी सेनाका तर्फबाट शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com