न्युयोर्कमा मार्च १ देखि प्लास्टिक झोलामा प्रतिबन्ध, कागजको झोलालाई शुल्क


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

न्युयोर्कमा राज्यब्यापी रुपमा आगामी मार्च १ देखि ग्रोसरी स्टोरहरु, रेष्टुरेण्ट र अन्य व्यापार व्यवशायमा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ । अर्थात् मार्च १ पछि किनमेल गर्न जानेहरुले सामान राख्नका लागि आफ्नो झोला लिएर जानुपर्नेछ ।

कतिपय स्टोरहरुले प्लास्टिकको झोलाको साटो कागजको झोला अफर गर्न त सक्नेछन् तर त्यसका लागि शुल्क तिर्नुपर्नेछ । न्युयोर्कमा हरेक बर्ष १० बिलियन प्लास्टिक झोलाहरु प्रयोग हुँदै आएको तथ्यांक छ । प्लास्टिकको प्रयोग कम गर्न यो नियम ल्याइएको हो ।

कतिपय स्टोरले कागजको झोला समेत नदिने भएकाले ग्राहकले आफैले झोला लिएर जानुपर्ने सुझाव दिइएको छ । तर मासुहरु पोको पार्न, फोहोर राख्न वा अन्य त्यस्तै प्रयोजनका लागि भने प्लास्टिकको प्रयोग हुनसक्नेछ ।

मार्चदेखि यो नियम लागु हुने भएतापनि न्युयोर्क सिटीको सेनिटेशन डिपार्टमेन्टले पुन प्रयोग गर्न मिल्ने झोलाहरु वितरण गर्न सुरु गरेको छ । यस्ता झोलाहरु निशुल्क प्राप्त गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्लास्टिकमा प्रतिबन्ध लगाउनु अगाडि न्युयोर्क सिटीका ५ वटै बोरोहरुमा पुन प्रयोग गर्ने झोला वितरणका लागि कार्यक्रमहरु सुरु गरिएको छ । क्वीन्समा आज युनियन टर्नपाइकमा यस्ता झोला बाडिएको थियो भने फरबरी २९ मा ११५ – २१ फार्मर्स ब्लुभर्डमा बाडिने भएको छ ।

म्यानहटनमा फरबरी १५ मा ८ इस्ट १०९ स्ट्रीटमा बाडिने छ भने बु्रकलिनमा फरबरी १३ मा १५५५ लिण्डेन ब्लुभर्डमा र फरबरी २७ मा ६६५ न्यु लट्स एभिन्युमा बाडिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com