२०२ मिलियन डलरको मेगा मिलियन लोटरी न्युजर्सीमा


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

मंगलबारको २०२ मिलियन डलरको मेगा मिलियन लोटरी न्युजर्सीमा परेको छ । मिडलसेक्स काउन्टीमा रहेको स्टोरबाट बिक्रि भएको लोटरीले २०२ मिलियन डलर जितेको हो ।

मंगलबार मेगा मिलियन एउटै टिकटले जितेको र सबै कर काटेर विजेताले १४२ मिलियन डलर प्राप्त गर्नेछन् । मंगलबारको विजेता नम्बर ४, ६, ३२, ५२ र ६४ थियो भने मेगा बल ६ रहेको थियो ।

५ वटा नम्बर मिलाएर वेष्ट भर्जिनियामा १ मिलियन डलर जितेका छन् । मंगलबारको मेगा मिलियन विजेता सन् २०२० को यति धेरै रकम जित्ने पहिलो विजेता हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि गत डिसेम्बर १७ मा ओहायोमा ३७५ मिलियन डलर जितेका थिए । उक्त लोटरी ट्रस्टले दावी गरेको थियो भने १ सय ८२ मिलियन डलर प्राप्त गरेको थियो ।

न्युजर्सीमा भने मेगा मिलियन ज्याकपट जितेको गतबर्षको मार्च १ यता पहिलो हो । त्यतीबेला वारेन काउन्टीका एकजनाले २७३ मिलियन डलर जितेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com