अमेरिकामा वालमार्टमा गोली चल्यो, २ प्रहरी अधिकारी घाइते


प्रकाशित मिति : माघ २७, २०७६ सोमबार

अमेरिकाको अर्कान्सासमा रहेको एउटा वालमार्ट स्टोरमा गोली चलेको छ । अर्कान्ससको फरेस्ट सिटीमा रहेको वालमार्टमा गोली चलेको जनाइएको छ ।

सोमबार विहान भएको घटनामा बन्दुकधारीमाथि पनि प्रहरीले गोली हानेको छ । प्रहरीको गोली लागेर बन्दुकधारीको मृत्यु भएको छ ।

घटनामा दुईजना प्रहरी अधिकारीहरुमाथि बन्दुकधारीले गोली चलाएको जनाइएको छ । तर उनीहरुको अवस्था गम्भिर भए नभएकोबारे केही जानकारी प्राप्त भएको छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा अरु घाइते भए नभएकोबारे पनि केही जानकारी प्राप्त भएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com