पशुपतिमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान सुरु


प्रकाशित मिति : माघ २७, २०७६ सोमबार

महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान सुरु गरिएको छ । पूर्वीय दर्शन अनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरोना भाइरसजस्ता सङ्क्रामक रोगको सङ्क्रमण फैलिएका बेला बच्नसमेत सहयोग पुग्ने भएकाले पनि यो अभियान आवश्यक रहेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । नीति वचनमा पनि ‘अभिवादन शीलस्य नित्यं वृद्धोपसेविनः । चत्वारि तस्य वर्धन्ते आयुविद्या यशो बलम् ।।’ अर्थात् नित्य आफूभन्दा अग्रजलाई नमस्कार गर्ने, ज्येष्ठ नागरिकको सेवा गर्ने व्यक्तिको आयु, विद्या, यश र बल बढ्छ भनिएको छ । यो संस्कारलाई नेपालीको घरघर र मनमनमा पु¥याउन कोषले अभियान शुरु गरेको उनले बताए ।यसवर्षको महाशिवरात्रिदेखि कोषले नमस्कार गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । नेपालीले आफ्ना संस्कार र संस्कृति भुलेर पश्चिमी संस्कार नै आफ्नो संस्कार सम्झन थालेकाले जागरणका लागि यो अभियान सुरु गरिएको हो ।

यो अभियान सुरु भएसँगै अब पशुपति क्षेत्रमा आउने जोसुकै भक्तजनलाई हात नमिलाई नमस्कार अभिवादनमा लाग्न आह्वान गरिएको कोषले जनाएको छ । कोषले वि.सं ०७४ चैत २० गतेदेखि पशुपति क्षेत्रबाट मगन्तेरहित अभियान सुरु गरेको थियो । त्यसलाई अहिले काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभर लागू गरिरहेको छ । रचनात्मक कामको सुरुआत पशुपति क्षेत्रबाट भएकामा दर्शनका लागि त्यहाँ पुगेका मुगुका चन्द्रमान मल्लले स्वागत गरे । अरू पनि यस्ता राम्रा कामको शुभारम्भ पशुपतिबाट हुने आशा गरिएको उनले सुनाए ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com