चीनलाई नेपालले गर्यो १ लाख मास्क सहयोग


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले १ लाख थान ‘प्रोटेक्टिभ मास्क’ सहयोग गरेको छ । सरकारको निर्णयअनुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

चीनमा नोवल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्याधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो । परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताए ।

उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप उर्जा मिलेको समेत बताए ।

बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरु लगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले नोवल कोरोना भाइरसँग जुधिरहेको चीनलाई एक लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com