तरकारीमा झन् बढ्यो परनिर्भरता


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आलुमा थप परनिर्भरता बढेको छ ।

समितिले बिहीबार गरेको सुनुवाइमा आर्थिक वर्ष २०७५/७६ मा उपत्यकावासीको मागको ४० प्रतिशत मात्रै आलु भारतबाट आयात गरिएकामा चालू आर्थिक वर्षको पहिलो सात महिनामै यसको आयात मागको ६६ प्रतिशत रहेको छ । हरेक तरकारीमा यस्तै परनिर्भरता बढ्ने हो भने भारतले आलुमा पनि कुनै दिन प्रतिबन्ध लगाएको खण्डमा प्याजमा जस्तो नहोला भन्न सकिन्न । यस्तै परनिर्भरताको असर अहिले लसुनमा पनि देखिएको छ । चालू आर्थिक वर्षमा कालीमाटी बजारमा ३९ हजार १५३ मेट्रिक टन आलु भित्रिएकामा २६ हजार १५ मेट्रिक टन भारतबाट आयात भएको हो।

आपूर्ति बढेन

बजारमा तरकारीको माग बर्सेनि बढेको छ तर यो अनुरूप आपूर्ति नहुँदा यसको भाउ पुस महिनासम्म महँगो भएको थियो । अहिले क्रमशः घटेको छ । समितिका उपनिर्देशक विनय श्रेष्ठले हाल दैनिक आठ सय मेट्रिक टनसम्म तरकारी बजारमा भित्रिएको जानकारी दिए। चालू आर्थिक वर्षको सात महिनासम्म बजारमा उपत्यकावासीको मागअनुसार आपूर्ति नहुँदा भाउ निरन्तर उकालो लागे पनि अब भने सस्तो हुने सङ्केत देखिएको उनको दाबी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चालू आर्थिक वर्षको पहिलो सात महिनामा बजारमा एक लाख ५२ हजार २६० मेट्रिक टन तरकारी भित्रिएको छ । समितिका अनुसार आर्थिक वर्ष २०७४/७५ मा दुई लाख २७ हजार ९५८ मेट्रिक टन तरकारी आपूर्ति भएको थियो भने आर्थिक वर्षमा २०७५/७६ मा दुई लाख ८५ हजार ८९२ केजी तरकारी बजारमा भित्रिएको थियो । यो तथ्याङ्क हेर्दा तरकारीको आयात २४ प्रतिशतले बढेको देखिन्छ तर यो वर्ष भने चार प्रतिशत मात्रै आपूर्ति बढेकाले भाउमा असर परेको हो । तरकारीको माग प्रत्येक वर्ष १५ देखि २० प्रतिशतले बढेको समितिले जानकारी दिएको छ । मागअनुसार आपूर्ति नहुँदा भाउमा असर परेको हो ।

लसुन अझै महँगो हुने

बजारमा केही दिनदेखि लसुनको भाउ आकाशिएको छ । अहिले थोकमा यसको मुल्य प्रतिकेजी ६०० रुपियाँभन्दा बढीमा कारोबार भइरहेको छ । खुद्रा बजारमा पाउ ९२००ग्राम०कै १७० देखि १८० रुपियाँमा किनबेच भइरहेको छ । लसुनमा ९५ प्रतिशत माग चीनले धान्दै आएकामा त्यहाँबाट आउन छोडेसँगै भाउ आकाशिएको कालीमाटी समितिले जनाइएको छ । चीनमा कोरोना भाइरसका कारण नेपाल आउने सबै नाका बन्द भएकाले यसको असर लसुनको मूल्यमा परेको छ।-गोरखापत्र अनलाइन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com