न्युयोर्कमा कागजपत्रविहिनलाई नियन्त्रणमा लिन गोली प्रहार


प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार

न्युयोर्कमा आज विहान कागजपत्रविहिनलाई नियन्त्रणमा लिनकालागि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुले गोली चलाएका छन् । उनीहरुले न्युयोर्कको ब्रुकलिनमा एकजना निशस्त्र व्यक्तिमाथि गोली चलाएका हुन् ।

आइसका अधिकारीहरुले ती व्यक्तिको अनुहारमा गोली हानेको जनाइएको छ । घरबाहिर रहेका ती आप्रवासी विगतमा दुईपटक अमेरिकाबाट देशनिकाला गरेर मेक्सिको पठाइएका व्यक्ति थिए ।

ती व्यक्तिको अहिले अस्पतालमा उपचार भइरहेको छ । ती व्यक्तिले आइसका अधिकारीहरुमाथि भौतिक आक्रमण गर्नुपरेको आइसले जनाएको छ ।

ती व्यक्ति सन् २०११ मा न्युयोर्कमा भएको एउटा हमलामा दोषी पाइएका थिए । गत फरबरी ३ मा न्युयोर्क प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि आइसले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । तर स्थानीय हिराशतबाट उनलाई आइसको जिम्मा नलगाई त्यत्तिकै छाडिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com