ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावको पक्षमा रिपब्लिकन सिनेटरले भोट हाल्ने


प्रकाशित मिति : माघ २२, २०७६ बुधबार

युटाहका रिपब्लिकन सिनेटर मिट रोम्नीले ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावको दोश्रो आर्टिकलका पक्षमा मतदान गर्ने भएका छन् । ट्रम्पले शक्तिको दुरुपयोग गरेको प्रस्तावका पक्षमा रोम्नीले मतदान गर्ने भएका हुन् ।

तर महाअभियोग सम्बन्धि पहिलो आर्टिकलको भने विपक्षमा मतदान गर्ने रोम्नीको भनाई छ । रोम्नीले महाअभियोग प्रस्तावको शक्तिको दुरुपयोगबारेको आर्टिकलका पक्षमा मतदान गर्ने आफ्नो निर्णयलाई अत्यन्तै कठिन निर्णय भनेका छन् ।

अमेरिकी संसदको तल्लो सदनबाट पारित महाअभियोग प्रस्तावबारे आज सिनेटमा मतदान भएपछि संसदमा महाअभियोगबारेको कारवाही समाप्त हुनेछ । रोम्नीले दोश्रो आर्टिकलको पक्षमा मतदान गरेपनि महाअभियोग प्रस्ताव सिनेटबाट पारित हुने सम्भावना भने लगभग शुन्य नै छ ।

अमेरिकी सिनेटको १ सय सिटमा ५३ रिपब्लिकन सांसदहरु छन् भने ४५ डेमोक्रेटिक सांसदहरु रहेका छन् । २ जना भने स्वतन्त्र सांसदहरु रहेका छन् ।

ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावले ट्रम्पलाई पदबाट हटाउन नसकेपछि नैतिकरुपमा भने ट्रम्पलाई संकट उत्पन्न गरिदिएको छ । डेमोक्र्याटहरुले महाअभियोग प्रस्तावलाई आगामी चुनावमा ट्रम्पलाई पराजित गर्ने अश्त्रका रुपमा उपयोग गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com