अमेरिकामा ४३ यात्रु चढेको ग्रेहाउण्डबसमा अन्धाधुन्द गोली प्रहार, एकको मृत्यु, कैयन घाइते


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

Investigators are seen outside of a Greyhound bus after a passenger was killed on board on Monday, Feb. 3, 2020 in Lebec, Calif. A gunman killed one passenger and wounded multiple others on a Greyhound bus traveling from Los Angeles to the San Francisco Bay Area early Monday morning, the California Highway Patrol said. (AP Photo/Jayne Kamin-Oncea)

अमेरिकाको क्यालिफोर्नियामा ४३ यात्रु चढेको ग्रेहाउण्ड बसमा एकजना बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेका छन् । सोमबार विहान भएको उक्त घटनामा एकजना मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

क्यालिफोर्नियाको ग्रेपभाइनमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेपछि यात्रुहरुले बहादुरीपूर्वक प्रतिबाद गरेका थिए । जसका कारण बन्दुकधारीले बन्दुक छाडेर भाग्न खोजेको थियो । यात्रुको प्रतिवादका कारण थप क्षति हुन पाएन ।

गोली प्रहारबाट कोलम्बियाकी ५१ बर्षकी महिलाको निधन भएको छ । बन्दुकधारी र मृतक तथा घाइतेबीच कुनै सम्बन्ध नरहेको बताइएको छ । घटना आतंकवादसँग सम्बन्धित नभएको जनाइएको छ ।

बन्दुकधारीले प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बन्दुकधारी लस एन्जलसबाट बसमा चढेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बस स्टेशनमा बसमा चढाउनुअगाडिको सुरक्षा जाँचबारे ग्रेहाउण्ड बसले केही बताएको छैन । तर मृतक र घाइतेहरुप्रति सहानुभूति व्यक्त गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com