नेपाल सरकारले चीनमा रहेका नेपाली नागरिकको उद्धार गर्न विशेष विमान पठाउने


प्रकाशित मिति : माघ १८, २०७६ शनिबार

नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ।

शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई त्यसका लागि आवेदन दिन भनेको छ।

यसअघि त्यस क्षेत्रमा रहेका नेपालीहरूले आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका थिए।

नेपालीहरूको उद्धारका लागि एउटा विशेष चार्टर्ड विमान पठाइन लागेको र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने दूतावासद्वारा जारी सूचनामा जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ घोषणा गरेको छ।

चीनमा ११,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ भने अहिलेसम्म २५९ जनाको मृत्यु भइसकेको छ।

चीनबाहिर नेपालसहित २२ देशमा १०० जनाभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको विवरण प्राप्त भएको छ।

दूतावासले हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने सरकारले निर्णय गरेको जनाएको छ।

त्यसका लागि एउटा विशेष चार्टर्ड विमानको व्यवस्था गरिने छ।

उद्धारका लागि हुबे प्रान्तमा रहेका इच्छुक नेपाली नागरिकले दूतावासले जारी गरेको सूचनामा भनिएबमोजिम फर्म भरेर [email protected] मा पठाउनुपर्नेछ। आवेदनका लागि ९:०० बजे, फेब्रुअरी २, २०२० को समयसीमा तोकिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com