१२ हजार भन्दा कम आम्दानी हुनेलाई न्युयोर्कको ट्रेनमा ५० प्रतिशत छुट, आवेदन आजदेखि


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

बार्षिक आम्दानी १२ हजार ७ सय ६० डलरभन्दा कम हुनेले अबदेखि न्युयोर्कको ट्रेनमा ५० प्रतिशत छुट पाउने भएका छन् । त्यसका लागि आजदेखि आवेदन खुल्ला भएको छ ।

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले उचित भाडा नामको कार्यक्रमको सुरुवात गरेका हुन् । कम आम्दानी हुनेहरुका लागि ल्याइएको यो कार्यक्रम अन्तरगत हरेक दिन, साप्ताहिक वा मासिक रुपमा पचास प्रतिशत छुटमा मेट्रो कार्ड प्राप्त गर्न सकिने छ ।

यो लिंकमा गएर आवेदन दिएर पचासप्रतिशत छुटको मेट्रो कार्ड लिन सक्नुहुनेछ ।

यो कार्यक्रम अन्तरगत अहिलेसम्म १ लाख ६ हजार ३ सय ४२ जना न्युयोर्कबासीहरु भर्ना भएका छन् । यसमा आवेदन दिनका लागि अनलाइनमा एकाउन्ट बनाउनुपर्छ । यदि तपाईले न्युयोर्क सिटीबाट उचित मूल्यका लागि पत्र प्राप्त गरिसक्नुभएको छ भने तपाईले यो लिंकमा गएर साइन इन गर्न सक्नुहुनेछ

तपाईले आफू योग्य भए नभएको यो लिंकमा गएर चेक गर्न सक्नुहुनेछ । यदि तपाईले पहेलो ब्यानर देख्नुभयो भने तपाई यो कार्यक्रमका लागि योग्य हुनुहुन्छ । कार्यक्रममा साइन अप गरेको दुईदेखि तीनसाताभित्र तपाईले हुलाकमार्फत मेट्रो कार्ड प्राप्त गर्नुहुनेछ ।

यदि तपाईको आम्दानी निम्न परिवार संख्याका आधारमा यो भन्दा कम छ भने तपाई पचास प्रतिशत छुटमा मेट्रो कार्ड लिन योग्य हुनुहुनेछ । यो न्युयोर्क सिटीको कार्यक्रम भएकाले तपाईले अध्यागमन अवस्थाबाट डराउनु पर्दैन ।

यदि तपाईले आफ्नो बैंककार्डमार्फत मेट्रो कार्ड किन्नुभएको छ र हराउनुभएको खण्डमा तपाईले रिफण्ड प्राप्त गर्नुहुनेछ । तर नगदमा किन्नुभएको छ भने तपाईले रिफण्ड प्राप्त गर्नुहुनेछैन ।

यसबारे थप प्रश्नोत्तर यहाँ हेर्न सक्नुहुनेछ ।

थप जानकारी आवश्यक परेमा ३११ मा फोन गर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com