न्युयोर्कमा ट्रेनको लिकमा खसेकी युवती माथिबाट ट्रेन गुड्दापनि जिवित, दुईवटै खुट्टा काट्नुपर्यो


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

न्युयोर्कको म्यानहटन १४ स्ट्रीटमा माथिबाट ट्रेनका सातवटा डिब्बा गुड्दापनि जिवितै उद्दार गरिएकी युवतीका दुईवटै खुट्टा काट्नुपरेको छ । २० बर्षकी ती अष्ट्रेलियन युवतीको उपचारका क्रममा दुईवटै खुट्टा काट्नुपरेको जनाइएको छ ।

ब्रिसबेन अष्ट्रेलियाकी २० बर्षकी युवती भिसाया होफी ठेस लागेपछि म्यानहटनको १४ स्ट्रीट ट्रेन स्टेशनको लिकमा खसेकी थिइन् । त्यसपछि उनीमाथिबाटै ट्रेन गुडेको थियो । ट्रेनका सातवटा डिब्बाहरु उनीमाथिबाट गुड्दा पनि उनको जीवितै उद्दार गरिएको थियो ।

पहिलो ट्रेनले उनी खसेको थाहा नपाएपनि त्यसको २० मिनेटपछि आएको ट्रेनले उनको कपडा देखेपछि उद्दार गरिएको थियो । उनले लगाएको उज्यालो पिंक कलरको कपडा सबवेको ट्रयाकमा देखिएपछि उद्दार गरिएको हो ।

यस्तो अवस्थामा पनि उनको जिवितै उद्दार हुनुलाई मिराकलको संज्ञा दिइएको थियो । यद्यपी युवतीको टाउकोमा समेत चोटपटक लागेको थियो भने हड्डीहरु पनि भाँचिएका थिए ।

अहिले युवतीको कृतिम श्वासप्रस्वास हटाइएको छ भने उनले खाना खान थालिसकेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com