२ दशकदेखि फरार क्यानडाको मस्ट वाण्डेट सुचीका कपुर न्युजर्सीमा पक्राउ


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

झण्डै दुई दशकदेखि क्यानडाको मस्ट वाण्डटेड सुचीमा रहेका पार्थासार्थी कपुर अमेरिकामा पक्राउ परेका छन् । ४७ बर्षीय कपुर न्युजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

यौन दुब्र्यबहार र बालबालिकाको यौन भिडियोबारेको अभियोग लागेका कपुर सन् २००३ देखि लुक्दै आएका थिए । सन् १९९८ देखि सन् २००३ को बीचमा मोन्टरियलमा उनले कम्तीमा ५ जना पीडितहरुमाथि यौन दुब्र्यबहारको अभियोग छ ।

कपुर क्यानडाको पीआर भएका व्यक्ति हुन् । उनले ७ देखि १४ बर्षसम्मका बालकहरुलाई फकाएर यौन दुब्र्यबहार गरेको अभियोग छ । आफूबिरुद्ध अनुसन्धान हुन लागेको थाहा पाएपछि उनी सन् २००३ मा बेपत्ता भएका थिए ।

कपुर अमेरिकाको न्युजर्सीबाट जहाज चढेर भारत जान लागेका थिए । भारतीय मुलका कपुर आफ्नो जन्मस्थान भारतमा गएर लुक्ने आशयका साथ जान लागेको जनाइएको छ ।

तर उनी विमानस्थलमा नै पक्राउ परेपछि अमेरिकी हिराशतमा नै राखिएको छ । सुपदर्गीको प्रकृया पूरा नहुन्जेल उनी अमेरिकी हिराशतमा नै रहनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com