एकैदिनमा ट्रम्पका ६० ट्वीट


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज दिनभरमा कम्तीमा ६० पटक ट्वीट र रिट्वीट गरेका छन् । अधिकांश ट्वीट र रिट्वीटहरु महाअभियोगको सन्दर्भमा रहेका छन् भने डेमोक्र्याट्सहरुको आलोचनामा रहेका छन् ।

राष्ट्रपति ट्रम्पबिरुद्धको महाअभियोगको कारवाही सिनेटमा अगाडि बढिरहेको छ । सुरुवाती तर्क पेश गर्ने आज अन्तिम दिनमा डेमोक्रेटिक मेनेजरहरुले अभियोजनहरु पेश गरिरहेका छन् । सिनेटमा अभियोजनकर्ताका रुपमा प्रतिनिधिसभाका केही डेमोक्रेटिक सांसदहरुलाई मेनेजरका रुपमा नियुक्त गरिएको छ ।

सबै सिनेटरहरुले जुरीका रुपमा काम गर्ने गरी सपथग्रहण गरेका छन् । ट्रम्पका वकिलहरुले भने प्रतिरक्षा स्वरुप आफ्नो तर्क पेश गर्नेछन् । भोलि सिनेटको कारवाही विहान १० बजे सुरु हुनेछ भने ट्रम्पका वकिलहरुले प्रतिरक्षामा तर्कहरु पेश गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग र संसदको महाभियोग अनुसन्धानमा बाधा पुर्‍याएको आरोप लगाइएको छ। उनले आफूले कुनै गलत कार्य नगरेको र डेमोक्र्याटहरुले राजनीतिक कारणले आफूलाई निकाल्न खोजेको आरोप लगाएका छन्।

ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव गत महिना प्रतिनिधिसभाले पारित गरेको थियो । डेमोक्रेटिक बहुमत रहेको प्रतिनिधिसभाले ट्रम्पबिरुद्धको प्रस्ताव पारित गरेपनि रिपब्लिकन बहुमत रहेको सिनेटले ट्रम्पलाई दोषी ठहर गरेर पदबाट निकाल्ने अपेक्षा भने गरिएको छैन ।

सुनुवाई चलिरहँदा सिनेटरहरुलाई ट्वीट गर्न र साइड टक गर्न प्रतिबन्ध लगाइएको छ । साथै असम्बन्धित बाहिरी कागजात पढ्न समेत रोक लगाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com