न्युयोर्कमा पनि टोकियो, पेरिस र बर्लिनकै जस्तो ट्रेन चलाइने


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

अब न्युयोर्कमा पनि टोकियो, पेरिस, बर्लिन र हङकङकै जस्तो ट्रेन चलाइने भएको छ । एमटीएले मंगलबार न्युयोर्कमा ल्याइन लागेको नयाँ ट्रेनको डिजाइनका केही तस्वीरहरु सार्वजनिक गरेको हो ।

नयाँ प्रकारको ट्रेनमा एउटा डिब्बाबाट अर्कोमा सहजै जानसकिनेछ । अर्थात् ट्रेनका डिब्बाहरुलाई एकप्रकारको बाटोले जोड्नेछ । अहिलेजस्तो एउटा डिब्बाबाट अर्कोमा जानु गैरकानुनी हुनेछैन ।

नयाँ डिजाइनको ट्रेनमा यात्रुहरु सहजै यताउता गर्न सक्नेछन् भने अहिलेको तुलनामा धेरै यात्रुहरु चढ्नसक्ने जनाइएको छ । यो ट्रेन अहिले निर्माणाधिन अवस्थामा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमटीएले १ दशमलव ४ बिलियनका ५३२ वटा नयाँ ट्रेनका डिब्बाहरु ल्याउन लागेको हो । कावासाकी रेलकार इन्कले यी ट्रेनका डिब्बाहरु बनाइरहेको छ । तर कतिवटा ट्रेनका डिब्बाहरु नयाँ डिजाइनका हुनेछन् भन्नेबारे केही बताइएको छैन ।

यी ट्रेनका २० वटा डिब्बाहरु सन् २०२१ मा आइपुग्ने अपेक्षा गरिएको छ । यो बर्ष परिक्षणका लागि १० वटा डिब्बाहरु ल्याउन लागिएको छ । डिब्बाकाबीचमा ढोका नभएका र बाटोले डिब्बालाई जोडेका ट्रेनहरु विश्वका विभिन्न सबवे प्रणालीमा पहिलेदेखि नै संचालित छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com