अमेरिकाको हवाईमा गोली चल्यो, कम्तीमा २ प्रहरीको मृत्यु, ४ घरमा आगजनी


प्रकाशित मिति : माघ ५, २०७६ आईतबार

अमेरिकाको हवाईको होनोलुलुमा गोली चल्दा कम्तीमा २ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । आइतबार भएको घटनामा बन्दुकधारीले गोली चलाएको जनाइएको छ ।

उक्त क्षेत्रमा आगजनी समेत भएको छ । घरहरुबाट आगोको ज्वाला निस्केको छ भने धुँवाको मुस्लो समेत देखिएको छ । कम्तीमा ४ वटा घरमा आगो फैलिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डायमण्ड हेड नजिकै भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ । तर एकजना घरवेटीले भाडावाललाई घरबाट निकाल्दा घरवेटीमाथि चक्कुप्रहार भएको समेत बताइएको छ ।

चक्कुप्रहारपछि घटनास्थलमा प्रहरी पुग्दा संदिग्धले गोली चलाएको र घरमा आगो लगाइदिएको आशंका गरिएको छ । गोली लागेर घाइते प्रहरीको उपचारका क्रममा निधन भएको जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com