ग्यास र बिजुलीको मूल्य झण्डै ९ प्रतिशतसम्म बढाउन न्युयोर्कले दियो स्वीकृति


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

न्युयोर्कको पब्लिक सर्भिस कमिसनले ग्यास र बिजुलीको मूल्य बढाउन कोन एडिसनलाई स्वीकृति दिएको छ । बिहिबार यस्तो स्वीकृति प्रदान गर्दै आगामी तीनबर्षका लागि मूल्य बढाउन अनुमति प्रदान गरिएको हो ।

सन् २०२० मा बिजुलीको मूल्य ३ दशमलव १ प्रतिशतले र ग्यासको मूल्य ६ दशमलव ७ प्रतिशतले बढाइने भएको छ । दोश्रो बर्ष सन् २०२१ मा बिजुलीको मूल्य ३ दशमलव ८ प्रतिशतले र ग्यासको मूल्य ७ दशमलव ३ प्रतिशतले बढाइने भएको छ ।

त्यस्तै सन् २०२२ मा बिजुलीको मूल्य ३ दशमलव ३ प्रतिशतले र ग्यासको मूल्य ६ दशमलव ५ प्रतिशतले बढाइने भएको छ ।

मासिक ६ सय किलोवाट आवरसम्म विद्युत प्रयोग गर्नेहरुले यो बर्ष ४ दशमलव २ प्रतिशत, सन् २०२१ मा ४ दशमलव ७ प्रतिशत र सन् २०२२ मा ४ प्रतिशत बृद्धिको सामना गर्नेछन् । ग्यासका सन्दर्भमा मासिक १ सय थर्म प्रयोग गर्नेहरुले यो बर्ष ७ दशमलव ५ प्रतिशत, आगामी बर्ष ८ दशमलव ८ प्रतिशत र सन् २०२२ मा ७ दशमलव २ प्रतिशत मूल्यबृद्धिको सामना गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धेरै विद्युत र ग्यास प्रयोग गर्ने ब्यापारिक भवन र वेष्टचेस्टरमा भने यो बृद्धि अझ धेरै हुने जनाइएको छ । यो मूल्यबृद्धि कोन एडिसनका ग्राहकका सन्दर्भमा मात्र लागु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com