न्युयोर्कमा एमटीएको बसले किचेर महिलाको मृत्यु


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

न्युयोर्कका आज विहान साढे ९ बजे सरकारी यात्रुबाहक बसले किचेर एकजना महिलाको मृत्यु भएको छ । फ्लाटबुस एभिन्यु नजिकै एमटीएएको बी ४१ बसले महिलालाई किचेको जनाइएको छ ।

बसबाट झरेकी महिला अल्झिएर गाडीको चक्कामुनी पुगेको र गाडी तत्काल गुड्दा ती महिलाको मृत्यु भएको जनाइएको छ । पछाडिको चक्काले उनको टाउकोमा गम्भिर चोटलागेपछि घटनास्थलमा नै निधन भएको थियो ।

ती महिला अल्झिएर बसको चक्कामुनी पुग्नु र बस रोकिएको स्थानबाट हिड्नु एकैपटक भएको जनाइएको छ । न्युयोर्क प्रहरीका चाल्र्स स्कोलले घटनामा गाडी चालकको कुनै गल्ती नदेखिएको बताएका छन् ।

उनले यो घटना अत्यन्तै दुखद भएको तर मान्छेहरु सावधान नहुादा यस्तो घटना भएको बताएका छन् । मृतकको नामभने सार्वजनिक गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज विहानमात्रै ब्रुकलिनमा फोहोर फ्याक्ने निजी ट्रकको ठक्करबाट एकजना ६० बर्षकी महिलाको मृत्यु भएको थियो । प्रहरीले उक्त ट्रकको खोजी गरिरहेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com