इन्जिनमा आगो लागेपछि न्युजर्सीबाट उडेको जहाज फिर्ता, हुन पाएन ठूलो दुर्घटना (भिडियो)
प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

इन्जिनमा आगो लागेपछि न्युजर्सीको नेवार्क विमानस्थलबाट उडेको जहाज फिर्ता भएको छ । बुधबार राती उडेको केहीबेरमा नै इन्जिनमा आगो लागेको थियो ।
लस एन्जलसका लागि उडेको युनाइटेड एयरलाइन्सको उक्त जहाज उडेको केहीबेरमा नै नेवार्क फिर्ता गरिएकाले कुनै दुर्घटना भने हुन पाएन । एकजना यात्रुले खिचेको डलरलाग्दो भिडियोमा विमानको इन्जिनबाट आगोको ज्वाला निस्केको देख्न सकिन्छ ।
आगोको ज्वालाका साथमा ठूलो आवाज आएपछि यात्रुहरु मिसाइल आक्रमण भएको हो कि भनेर तर्सिएका थिए ।
The plane I was on had an engine malfunction minutes after take off ? pic.twitter.com/maaGiLHD24
— Gabby (@gabby_guzy) January 16, 2020
विमानको इन्जिनबाट निस्केको उक्त आगोको ज्वाला बन्दुक पड्केजस्तो देखिएको थियो । युनाइटेड १८७१ उडानले उडेको केहीबेरमा नै मेकानिकल समस्याको सामना गर्नुपरेको एयरलाइन्सले जनाएको छ ।
This is the regular speed version of the incident pic.twitter.com/BrZJmiOq2O
— Gabby (@gabby_guzy) January 16, 2020
आज एयरलाइन्सले वक्तब्य जारी गर्दै सबै यात्रुहरु सकुशल रहेको र उनीहरुलाई यथासम्भव अर्को विमानमा राखेर गन्तब्यमा पठाइएको जनाएको छ । उक्त विमान राती साढे ९ बजे विमानस्थलबाट उडेको थियो भने १० बजेर ७ मिनेट जाँदा पुन फर्काइएको थियो ।
JUST IN: Gabrielle Guzy is the passenger on-board United flight 1871 who recorded frightening cell phone video of mid-air scare — as flames shot from engine! Hear from her & other relieved passengers on @ABC7 NEXT at 6:30am! LIVE: https://t.co/a8eFAqjJ8p #abc7eyewitness pic.twitter.com/9edAFgFISW
— Marc Cota-Robles (@abc7marccr) January 16, 2020
विमानमा कतिजना यात्रुहरु थिए भन्नेबारे केही खुलेको छैन । तर उक्त विमानको क्षमता भने १४२ यात्रु बोक्ने रहेको छ ।