न्युयोर्कको ब्रुकलिनमा फोहोर फ्याक्ने ट्रकले हान्यो ६० बर्षकी महिला, शरिर दुई टुक्रा


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

न्युयोर्कको ब्रुकलिनमा फोहोर फ्याक्ने ट्रकल आज विहान एक महिलालाई ठक्कर दिएको छ । ट्रकको ठक्करबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।

विहान बे पार्क वे नजिकै ८६ स्ट्रीटमा उक्त घटना भएको हो । ट्रकले ठक्करदिएपछि महिलाको शरिरमाथिबाटै गुडेको थियो । जसका कारण ती महिलाको शरिर दुईटुक्रा भएको थियो ।

विहान करिब ४ बजे भएको उक्त घटनामा ठक्कर दिने ट्रक फोहोर फ्याक्ने निजी ट्रक भएको जनाइएको छ । प्रहरीको मृतकको शरिरलाई दुईवटा अलगअलग स्थानमा कपडाले छोपेर राखेको थियो ।

प्रत्यक्षदर्शीले दुईस्थानमा शव छोपिएको देख्दा दुईजना व्यक्ति मारिएको आशंका गरेका थिए । तर प्रहरीले एउटै व्यक्तिको शव दुई टुक्रा भएकाले दुईस्थानमा छोपेर राखिएको बताएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

बिहिबार दिउसोसम्म घटनास्थल सफा गरिसकिएको छ ।

महिलालाई ठक्कर दिएपछि ट्रक निरन्तर अगाडि बढेको थियो । ट्रक ड्राइभरले महिलालाई ठक्कर दिएको बारे थाहा नपाएर अगाडि बढेको हुनसक्नेबारे अनुसन्धानकर्ताहरुले आशंका व्यक्त गरेका छन् ।

प्रहरीले ठक्करदिने ट्रकको खोजी गरिरहेको छ । त्यस्तै घटनामा ज्यान गुमाउने महिलाको पनि अहिलेसम्म पहिचान खुलेको छैन ।

न्युयोर्कमा फोहोर फ्याक्ने ट्रकको ठक्करबाट मृत्यु हुनेको संख्या उल्लेख्य रहेको छ । गतसातामात्रै न्युयोर्कको कोरोनामा फोहार फ्याक्ने सरकारी गाडीको ठक्करबाट १० बर्षका नेपाली बालक श्री पन्थीको मृत्यु भएको थियो ।

सन् २०१० देखि सन् २०१७ सम्म न्युयोर्कमा फोहोर फ्याक्ने निजी गाडीको ठक्करबाटमात्र ४३ जनाको मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com