फ्लोरिडाको विमानस्थलको गेटमा अर्कैको बोर्डिङ पाससहित भेटिइन् हराइरहेकी बालिका


प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार

हराइरहेकी एकजना बालिका फ्लोरिडाको ओर्लाण्डो विमानस्थलको जहाज चढ्ने गेटमा अर्कैको बोर्डिङ पाससहित भेटिएकी छिन् । उनले अर्कैको बोर्डिङ पास प्रयोग गरेर ट्रान्सपोर्टेशन सेक्युरिटी एडमिनिस्ट्रेशन टीएसएको सुरक्षा समेत पार गरेर विमान चढ्ने गेटमा पुगेको खुलासा भएको छ ।

अटिजमबाट पीडित १५ बर्षकी बालिका सेड सब्स साउथवेष्ट एयरलाइन्सको विमान चढ्ने गेटमा भेटिएकी थिइन् । भौतारिएको देखेपछि विमानस्थलका कर्मचारीले उनीसँग सोधपुछ गरेका थिए । जब उनले बोर्डिङ पास दिइन्, त्यो अर्कैको भएको र त्यसका यात्रु पहिले नै विमान चढेर गइसकेको खुलासा भएको थियो ।

त्यसपछि प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले ती बालिका हराइरहेकी बालिका रहेको पत्ता लगाएको थियो । बालिकाले अर्कै यात्रुको बोर्डिङ पास भुईमा भेट्टाएपछि जहाज चढ्न टीएसएको सुरक्षा पार गरेर गएको बताएकी छिन् । बालबालिकाहरुका लागि आईडी देखाउन नपर्ने भएकाले उनी अर्कैको बोर्डिङ पासबाट भित्र छिर्न सफल भएको टीएसएले जनाएको छ ।

ती बालिकाले विमानस्थलसम्म पुग्न कैयन बसहरु प्रयोग गरेकी थिइन् । ३५ माइल लामो यात्रा गरेर विमानस्थल पुगेकी उनले आफूलाई जहाज चढ्न मन लागेकाले त्यहाँ गएको बताएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आफू एसिया जान चाहेको र चीनिया फूलहरु हेर्न मन लागेको बताएकी थिन् । आफ्नी छोरी सकुशल घर फर्केकोमा परिवारले खुशी व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com