विप्लव समूह पश्चिम दाङका सेक्रेटरी पक्राउ


प्रकाशित मिति : पुस २८, २०७६ सोमबार

विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एउटा मोबाइल बरामद गरेको छ ।

पाण्डे विप्लव समूहको पश्चिम दाङका सेक्रेटरी समेत हुन् । उनलाई ईलाका प्रहरी कार्यलय तुलसीपुरमा राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com