१८ वर्षपछि मात्र लाइसेन्स, १० वर्षमा नवीकरण


प्रकाशित मिति : पुस २८, २०७६ सोमबार

सरकारले सवारीचालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यावस्था विभागलेसवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम१८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । विभागले ल्याउन लागेको ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’मा सवारीचालक अनुमतिपत्र पाउने उमेर कम्तिमा १८ वर्ष कायम गर्न आन्तरिक गृहकार्य गरेको हो ।

विभागले मस्यौदा गरिरहेको सो ऐन प्रदेश सरकार र सरोकारवाला निकायसँगको छलफल गरी अन्तिम चरणमा रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “सरोकारवाला निकायसँगछलफल गरेर विभागले उमेरहदबढाउने नयाँ व्यवस्था ल्याउन लागेको हो ।” हाल ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०४९’ कार्यान्वयनमा छ । विभागले संघीयता तथा अन्य अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर ऐनलाई समयसापेक्ष बनाउनलागिएको जनाएको छ । २०४९ को व्यवस्थाअनुसार दुई पाङ्ग्रे सवारीको लागि १६ वर्ष उमेर पूरा गरे पुग्छ भने चार पाङग्रे सवारीको लागि १८ वर्षे उमेरहद छ । ऐनअनुसार अन्य वर्गको सवारी अनुमति पत्र लिन पनि क्रमशः उमेर हद तोकिएको छ । नयाँ ऐनमा दुई पाङ्ग्रे सवारीका लागि अनुमति पत्र लिन १८ र अन्य सवारीको हकमा क्रमशः बढी उमेर हद कायम गर्ने गरी विभागले आन्तरिक तयारी गरेको छ ।सार्वजनिक सवारीसाधनलाई अझ जवाफदेही र जिम्मेवार बनाउनको लागि विभागले नयाँ आउने ऐनमा विशेष गृहकार्य गरिरहेको जनाएको छ ।

सार्वजनिक सवारी चालक र सहचालको शैक्षिक योग्यता, उमेरहद तथा चालकलाई नैतिकवान बनाउने उद्देश्यले केही नयाँ व्यवस्था राख्न लागिएको महानिर्देशक हमालले बताए । “विभागले ड्राफ्ट गरिरहेको ऐनमा सार्वजनिक सवारी चालकलाई जिम्मेवार ढंगमा प्रस्तुत हुनेगरी नयाँ नियमन गर्न खोजिएको छ,” उनलेभने, “चालक तथा सहचालको आचरण,कार्यशैली तथा नैतिकताका सवालमा सवारी ऐन नियमका विषयमा ३ महिनाको विशेष कक्षा लिएको हुनु पर्ने व्यवस्था छ ।” नयाँ ऐनमा सार्वजनिक सवारी चालकले तीन महिनाको तालिम लिएको हुनुपर्ने व्यवस्था कायम गर्ने तथा सार्वजनिक सवारी पाठ्यक्रम ल्याएर चालक र सहचालकलाई तीन महिनाको तालिमपछि मात्र सवारी चालक अनुमति पत्र दिने व्यवस्था लागू गर्ने तयारी गरेको हो ।

हाल चारपाङ्ग्रे सवारी चालक अनुमति पत्र लिनको लागि १८ वर्ष पुरा हुनु पर्ने व्यावस्था नयाँ बन्ने ऐनमा अन्य लाई यथावत राखेर सार्वजनिक सवारी चालकको उमेर हद २१,२३ वा २५ गर्ने भन्ने विषयमा विभागले सरोकारवालासँग छलफल गरिरहेको छ । विभागले यो ऐनको मस्यौदाको टुंगो लगाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाउने तयारी गरेको छ । मन्त्रालयले कानुन र अन्यसरोकारवाला निकायसँग छलफल गरेपछि ऐन निर्माणको बाँकी प्रक्रिया अघि बढाउने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लाइसेन्स नवीकरण १० वर्षमा

विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरिरहेको जनाएको छ । हाल ५ वर्षमा गर्नुपर्न नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मादै आएका छन् । नवीकरण गर्न लाग्ने गरेको भीडकम हुने र सेवा प्रवाहमा समेत सहजता आउने विभागका महानिर्देशक गोगनकुमार हमालले बताए ।हाल देशभर करिव ३५ लाखभन्दा बढीनागरिकसँग सवारी चालक अनुमति पत्र रहेको विभागको तथ्यांक छ । यसबाट राजस्व पनि बढ्ने र आम नागरिकलाई सहज हुनेछ ।-कारोबार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com