मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


प्रकाशित मिति : पुस २८, २०७६ सोमबार

रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिका वडा नम्बर १ बर्माचोकमा आइतबार भएको दुर्घटनामा परि कञ्चन गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ४० का हरिकृष्ण सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक मनोज कुमार श्रेष्ठले जानकारी दिए । सापकोटाले चलाएको मोटरसाइकल एक्कासी बिजुलीको पोलमा ठोक्कीएको थियोे ।

तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com