सन् २०२० भित्र न्युयोर्कमा गाँजा बैध गर्ने गभर्नरको प्रतिबद्धता, वार्षिक ३ सय मिलियन आम्दानी हुने
प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार

सन् २०२० भित्र न्युयोर्क राज्यमा गाँजा बैध गर्ने गभर्नर एन्ड्रयु कुमोले प्रतिबद्धता जनाएका छन् । यो बर्षको अन्त्यसम्ममा गाँजालाई बैध बनाउने उनको भनाई छ ।
यसबारेको कानुन निर्माण सन् २०१९ मा पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताएका छन् । तर राज्यको संसदबाट यसबारेको कानुन पारित हुन नसक्दा न्युयोर्कमा गाँजा बैध हुन सकेको थिएन ।
गाँजालाई बैध बनाउँदा न्युयोर्क राज्यलाई करबापत बार्षिक ३ सय मिलियन डलर आम्दानी हुने जनाइएको छ । त्यो बाहेक कैयन बिलियन डलरको आर्थिक गतिविधि हुने कुमोले जानकारी दिएका छन् ।
अमेरिकाका ११ वटा राज्यमा अहिलेसम्म गाँजालाई बैध बनाइएको छ । कनेक्टिकट, न्युजर्सी, पेन्सिलभेनिया लगायतका राज्यमा समेत उमेर पुगेकाले गाँजा सेवन गर्न पाउने नियम ल्याउन काम गर्ने कुमोले बताएका छन् ।