विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्यामा


प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेका छन् । वर्षासँगै विद्युत् आपूर्तिमा समस्या हुँदा उपभोक्ता हैरानी भोग्ने बाध्य छन् । जिल्लामा अहिले लोडसेडिङ नभए पनि पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता समस्या झेल्न बाध्य छन् । कहिले र कति बेला विद्युत् अवरुद्ध हुन्छ, पत्तो नहुँदा उपभोक्ता विद्युत् उपभोगको समस्याबाट ग्रस्त छन् । हल्का हावाहुरी र वर्षा हुनासाथ विद्युत आपूर्ति अवरुद्ध हुने गरेको छ । अस्तव्यस्त विद्युत्लाइन विस्तार र पुराना काठका पोलका कारण नियमित विद्युत् आपूर्तिमा चुनौती बनेको छ । नियमित विद्युत् आपूर्ति नहुँदा सरकारी कार्यालयमा सेवाग्राहीलाई झन समस्या हुने गरेको छ ।

पछिल्लो समय अधिकांश सरकारी कार्यालयमा अनलाइन प्रणाालीबाट कार्यसम्पादन गर्दा विद्युत् नहुँदा टाढाबाट आएका सेवाग्राहीलाई सास्ती हुने गरेको छ । प्रजिअ उमेशकुमार ढकालका अनुसार विद्युत् नियमित आपूर्ति नहुँदा सयौं सेवाग्राही काम नगरी घर फर्किन बाध्य हुनुपर्ने अवस्था छ । उनले विद्युत् आपूर्ति नियमित बनाउन जिल्ला विद्युत् प्राधिकरणलाई निर्देशनसमेत दिएका छन् । विद्युत् प्राधिकरणका प्रमुख सुशील पौडेलका अनुसार पुरानो लाइन विस्तार र पुराना पोलका कारण नियमित विद्युत् आपूर्तिमा समस्या देखिएको छ । बुटबलबाट लाइन ल्याउनुपर्ने बाध्यताका कारण पनि नियमित रूपमा विद्युत् आपूर्ति हुनसकेको छैन । बुटबलबाट पटक–पटक लाइन काटिने समस्या छ ।

दुरसञ्चार कार्यालयका प्रमुख सन्तोष भण्डारीले विद्युत् भएको क्षेत्रमा मात्र सहजरूपमा फोन र इन्टरनेट सेवा प्रवाह हुने बताए । उनले विद्युत् सेवा बिना फोन र इन्टरनेट सञ्चालनमा ल्याए पनि समस्या रहेको जानकारी दिए । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेटको सहज पहुँच छैन । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com