‘भ्वाईस अफ बुटवल’को उपाधि सिद्धार्थलाई


प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

बुटवलमा सञ्चालन गरिएको ‘भ्वाईस अफ बुटवल’को उपाधि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सिद्धार्थ गैरेले हात पारेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्रामका सिद्धार्थले मंगलबार भएको ग्राण्ड फिनालेमा २१ जना कन्टेष्टेन्टहरुलाई पछाडी पार्दै ‘भ्वाईस अफ बुटवल’को उपाधि हात पारेका हुन् ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुसको ९ गतेदेखि बुटवल देवीनगरमा सञ्चालन गरिएको भ्वाईस अफ बुटवलको उपाधिकालागि २१ जनाले प्रतिस्पर्धा गरेका थिए । बुटवलको एम्स कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय सिद्धार्थ सानैदेखि गायनमा रुचि राख्ने र बुटवलको बागेश्वरी संगितालयमा संगित विधामा कक्षा लिईरहेको बताउँछन् । बुवा तुमलाल र आमा साबित्रा गैरेका छोरा सिद्धार्थले २०७४ मा तिलोत्तमा भएको व्यापार मेलामा सञ्चालन भएको भ्वाईस अफ तिलोत्तमाको सेकेन्ड रनर अफ हुन सफल भएका थिए ।

मंगलबार भएको ग्राण्ड फिनालेमा तिलोत्तमा नगरपालिका वडा नं. १ शंकरनगरकी वर्षा ज्ञवाली द्वितीय भएकी छन् । बुवा विष्णुप्रसाद र आमा भगवती ज्ञवालीकी छोरी १६ वर्षीया वर्षा दुर्गादत्त माध्यमिक बिद्यालय शंकरनगरमा कक्षा १० मा अध्ययन छन् । भ्वाईस अफ बुटवलको प्रतिस्पर्धामा उत्रिएका पाल्पा माथागढीका सन्दिप मगर तृतीय भएका छन् । पाल्पाको माथागढी गाउँपालिका गोठादी घर भई बुटवल कालिकानगरमा बस्ने सन्दिप मायाँदेवी टेक्निकल कलेजमा डिप्लोमा ईन फार्मेसी अध्ययन संगै तीन चार वर्षदेखि संगित बिधा पनि अध्ययन गरिरहेका छन् ।

गोदरेज किचनको प्रायोजनमा आयोजना गरिएको भ्वाईस अफ बुटवलको उपाधि विजेता सिद्धार्थलाई ६५ हजार ५५५, द्वितीय वर्षालाई ३५ हजार ५५५ र तृतीय सन्दिपलाई २५ हजार ५५५ रुपैंया नगद सहित पुरस्कार प्रदान गरिएको संघका सदस्य तथा आधुनिक सांस्कृतिक कार्यक्रम संयोजक मनोज ध्वजुले जानकारी गराउनु भयो । उनीहरुलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमाल, आधुनिक कार्यक्रम संयोजक मनोज ध्वजु, प्रायोजक गोदरेज किचनका सुमन केसी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतियोगिताको सञ्चालन सुमन अधिकारीले गरेका थियो भने निर्णायकमा सुरेश सेन्चुरी, नारायण थापा, बसन्त श्रेष्ठ र सुदन बासकोटा रहेका थिए । भ्वाईस अफ बुटवलको टप फाईभमा प्रतिस्र्धा गरेका बुटवल ११ देवीनगरका १६ वर्षीय सागर घिमिरे र रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं. ७ भगलापुरकी अञ्जली थारुलाई प्रोत्साहन स्वरुप जनही १० हजार ५५५ रुपैंया नगद पुरस्कार सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com