हिमपातले कतै खुशी कतै सकस


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

मङ्सिरको अन्तिम र पुसको तेस्रो सातापछि आज परेको हिउँले रुकुम (पूर्व) मा कतै खुशियाली छाएको छ भने कतै जनजीवन कष्टकर बनेको छ । मङ्सिरको अन्तिममा परेको हिउँ बिलाउन नपाउँदै पुसको तेस्रो साता फेरि प-यो । दुई दिन खुलेको आकाश र लागेको घामले मानिसहरुले न्यानो अनुभूति गर्न नपाउँदै पुनः तेस्रोपटक मङ्गलबार बिहान जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भएको छ ।

हिमपात र वर्षाले अत्यधिक चिसो बढेको र जमेको हिउँका कारण मानिसलाई दैनिक कामकाज गर्न मुस्किल परेको छ । गत बुधबार, बिहीबार र शुक्रबार लगातार हिमपात भयो । हिमपातपछि माथिल्ला बस्तीमा मानिसले कतै हिउँ पन्छाउँदै काम गरिरहेका छन् त कतै सडक अवरुद्ध बनेका छन् । हिमपातले पुथाउत्तरगङ्गा गाउँपालिका र सिस्ने गाउँपालिका–१ वडा बढी प्रभावित भएका छन् । पुथाउत्तरगङ्गाको हुकाम, मैकोटलगायतका क्षेत्रमा बाक्लो हिउँ जमेपछि मानिसलगायत पशुचौपायलाई समस्या भएको छ । चरन क्षेत्रमा जमेको हिउँ दुई–तीन महिनासम्म नपग्लिने हुँदा चरनको समस्या हुने भएको छ । सडकमा हिउँ जमेकाले मङ्सिर अन्तिम सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएको छैन । पटकपटक परेपछि सडकमा बाक्लो हिउँ जमेको प्रजिअ मोहनप्रसाद अर्यालले बताए । मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि रुकुम (पूर्व) बाट बागलुङ, पोखरा हुँदै काठमाडौँ जानेहरु समस्यामा परेका छन् ।

दाङ, सल्यान, बुटवल हुँदै काठमाडौँ जाँदा धेरै समय लाग्छ । यात्रुले छोटो बाटोका रुपमा प्रयोग गर्दै आएको मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुम (पूर्व) र बागलुङको सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा हिउँ जमेकोले बाटो अवरुद्ध बनेको हो । डोजरले हिउँ पन्छाए पनि बाटो खुलाउन सम्भव नभएकाले अब हिउँ पग्लिएपछि मात्रै सडक सञ्चालन गर्न सकिने प्रजिअ अर्यालले बताए । चिसोले कसैलाई हानी नहोस् भनेर विपन्नलाई न्यानो कपडा वितरण गर्न स्थानीय तहलाई आग्रह गरिएकोले न्यानो कपडा वितरण गरिहरहेको उनले बताए । पुथाउत्तरगङ्गा गाउँपालिका–१ का बासिन्दाले हिउँ पन्छाउँदै मैकोटमा निर्माण हुन लागेको ढोरपाटन सिकार आरक्षको चारकोठे भवन बनाउने काम गरिरहेका छन् । कूल ५२ लाख बजेटमा रोयल पुथा निर्माण सेवा प्रालिले भवन बनाउन लागेको हो । हिउँ पग्लन धेरै समय लाग्ने भएकाले छिटो काम सक्न मैकोटवासी हिउँ पन्छाएर सो भवन बनाउन जुटेको स्थानीय धनबहादुर कामीले बताए ।

उनले हिमपात भएपछि जिल्लामा बढेको चिसोको वास्ता नगरी दैनिक ढुङ्गा, माटो निकाल्ने, मैदान बनाउने लगायतका काम गरिरहेका छन् । आरक्षको कूल भूभागको ६० प्रतिशतभन्दा भूभाग र सिकार खेल्ने सातमध्ये चार ब्लक रुकुम (पूर्व) मा पर्छ । यति हुँदाहुँदै पनि आरक्षबाट कुनै फाइदा लिन नसकेका त्यस क्षेत्रका बासिन्दा आरक्षको कार्यालय भव बन्न थालेपछि खुशी भएका छन् । कर्मचारी आरक्षमा बसेपछि स्थानीयवासीलाई फाइदा हुनाका साथै वनजङ्गल र वन्यजन्तुको संरक्षण हुने स्थानीयवासी वीरेन्द्र बुढामगरले बताए । उत्पादनमा वृद्धि हुने भन्दै कृषकहरु खुशी छन् भने हिउँमा रमाउँदै फोटो खिच्ने, रमाउने काममा युवाहरु मस्त छन् । वर्षामात्र भएको क्षेत्रका मानिसहरु हिउँ खेल्न हूलै बाधेर माथिल्लो क्षेत्रमा पुगेका छन् । विभिन्न कार्यालयका कर्मचारी लगायतको टोली पनि हिउँ खेल्न पुथाउत्तरगङ्गा र बागलुङको सिमाना पातिहाल्ने पुगेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिँचाइ अभावका कारण ओइलाउन थालेको खेती वर्षा र हिमपातपछि राम्रो हुने सिस्ने गाउँपालिका–५ का कृषक वसन्त बस्नेतले बताए । उनी जस्तै भूमे गाउँपालिका–६ महतका सबिना बुढा आगामी दिनमा असिना परेन भने यसपालिको हिमपातसँगैको वर्षाले उत्पादनमा बढ्नेमा ढुक्क छन् । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com