‘बजार विस्थापित हुनबाट रोक्न ट्राफिक व्यवस्थापन आवश्यक’


प्रकाशित मिति : पुस २१, २०७६ सोमबार

बुटवलको दिगो बिकासका लागि बजारलाई व्यवस्थित गर्न र ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिन एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बुटवललाई व्यवस्थित रुपमा अगाडी बढाउन र दिगो रुपमा बुटवलको पहिचान कायम राखिरहनका लागि बजारलाई स्पेशलाईज गर्न र ट्राफिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा देवीनगरमा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सन्दर्भ पारेर सोमबार आयोजना गरिएको ‘नयाँ बुटवलको आधारः सुन्दर र व्यवस्थित बजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवललाई व्यवस्थित रुपमा अगाडी नबढाउने र ट्राफिक व्यवस्थापन पनि नगर्ने हो भने बुटवलको बजार बिस्थापित हुने चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सोध कर्ता सुत्र शोलुसन्सका प्रबन्ध निर्देशक राजु शर्माले बुटवलको बजार जोगाई राख्नकालागि अरु नगरपालिका भन्दा प्रतिस्पर्धी क्षमता बढी हुनुपर्ने बताए । बुटवल पुरानो शहर, ऐतिहासिक महतव, व्यबसायिक तथा प्रशासनिक केन्द्र, आम्दानी योगदान, जीवनयापनको गुणस्तर लगायतका कारण आफैमा महत्वपूर्ण रहेको र बुटवलको ट्रेडलाई बचाई राख्न नसक्ने हो भने सहरीकरण हुँदै गरेका छिमेकका नगरपालिकामा यहाँको बजार विस्थापित हुने उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । त्यसका लागि यहाँको बजार र ट्राफिक व्यवस्थापन अपरिहार्य रहेको उनले औंल्याए । सुत्र शोलुसन्सले गरेको सोध अनुसार बुटवलमा सवारीको चाप भन्दा पनि व्यवस्थापनको समस्या हो ।

‘बुटवल उपमहानगरपालिका भित्र करिव ३ हजार साना ठूला गाडी छन्, ट्राफिक जाम हुने गाडीको फ्लोले होईन ।’ प्रबन्ध निर्देशक शर्माले भने– ‘ट्राफिक व्यवस्थापनमा समस्या छ ।’ रिक्सा संख्या भने आवश्यकता भन्दा बढी छ । ट्राफिक व्यबस्थापनमा रिक्सा समस्याको रुपमा खडा भएको छ । त्यसको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यकता पहिचान गरेर नगरपालिका भित्र १ हजार १८ वटा रिक्सा सञ्चालन गर्नेगरी सूचना प्रकाशित गरेको छ । कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजुले व्यवस्थापनको नाममा सुविधालाई अवरोध हुनेगरी योजना बनाउन सान्दर्भिक नहुने बताउ । उनले नगरपालिकाले पनि व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति नियम बनाउनु पर्ने भन्दै सुविधा नै लिन नपाउने गरी बाध्यकारी नियम बनाउन नहुने सुझाव राखे । त्यस अगाडी कतिपय वक्ताहरुले निश्चित बजार क्षेत्रमा निश्चित समयमा गाडी प्रवेश निषेध गर्नेगरी व्यवस्थापनका लागि सुझाव राखेका थिए ।

पूर्व अध्यक्ष सैंजुले पार्किङ्को समस्या जती औंल्याएको छ, त्यति नभएको बताउँदै पार्किङ् व्यवस्थापनको जिम्मा बुटवल उद्योग बाणिज्य संघलाई दिए संघले नमुना हुनेगरी पार्किङ् व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यले बुटवल बजार व्यवस्थापन र ट्राफिक समस्या समाधानमा धेरै समस्या नरहेको बताउँदै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । बुटवल बजारको सुधार आवश्यक रहेको बताउँदै सुधारका लागि नगरपालिकाले एक दुई स्थानमा निशुल्क र बाँकी स्थानमा सशुल्क पार्किङ्का लागि सोँच बनाएको उल्लेख गरे । त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत विष्णु खनालले बुटवलको बजार सुधार गर्न नसके वडा नं. ४, ५ र ६ को ट्रेड बचाउन नसकिने बताए । उनले भने–‘जमिन तन्काएर तन्किदैंन, जे छ त्यसैमा व्यवस्थापन गर्ने हो ।’ उनले निश्चित बजार क्षेत्रमा निश्चित समय सवारी साधन निषेध गरेर हुन्छ कि के गरेर हुन्छ ?, सुधार गर्नुपर्छ । रिक्साले ट्राफिक व्यवस्थापनमा समस्या भएको कारण आवश्यकता अनुसार रिक्सा सञ्चालनका लागि नगरपालिकाले सूचना सार्वजनिक गरेको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जवल कसजुको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल, जीवनप्रसाद वझा, नवराज श्रेष्ठ, उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्य करुण खनाल, संघका शिक्षा परामर्शदाता आनन्दमान सिंह शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य बिक्रम खड्का, नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्दिप कसौधन लगायतले बुटवलको व्यापार व्यबसाय खिचडी जस्तै भएकाले त्यसलाई व्यवस्थित गरेर बजार स्पेशलाईज गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम गोविन्द पाण्डेको सञ्चालनमा भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com