सुनको मूल्यमा एतिहासिक रेकर्ड
प्रकाशित मिति : पुस २१, २०७६ सोमबार

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ आज ७६ हजारमा पुगेको छ । आइतबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७५ हजार ५ सयमा कारोबार भएको थियो ।
आज तोलामा ५ सयले बढेर प्रतितोला ७६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।
अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको शाक्यले बताए ।