पेन्सिलभेनियामा भयानक दुर्घटना : बस, ट्रक र अन्य गाडीहरु जुध्दा ५ को मृत्यु, ६० घाइते


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

अमेरिकाको पेन्सिलभेनियामा आइतबार विहानै भएको एउटा दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । पर्यटक बस, ट्रकहरु र अन्य गाडीहरु एकआपसमा जुध्दा उक्त दुर्घटना भएको हो ।

डाउनटाउन पिट्सबर्गदेखि ४० माइल दक्षिणपूर्वमा भएको दुघंटनामा घाइते ६० जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उनीहरुको तीनवटा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका कारण बस उल्टिएको छ भने अन्य गाडीहरु एक आपसमा ठोक्किएका छन् । दुर्घटना विहान साढे ३ बजे भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्घटनाका कारण ब्रिजउड र न्यु स्टान्टनको बीचमा राजमार्गका दुईतर्फी बाटो नै बन्द गराउनु परेको थियो । पूर्वतिर यात्रा गरिरहेका गाडीहरुलाई वैकल्पिक बाटो लिन सुझाव दिइएको छ ।

दुर्घटनामा पर्नेमा फेडेक्सको ट्रक पनि रहेको छ । अन्य कतिवटा गाडीहरु ठोक्किएका छन् भन्नेबारे स्पष्ट भइसकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com