बुटवलको विद्युत् चुहावट ९ प्रतिशतमा झारिने


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

नेपाल विद्युत् प्राधिकरणले प्रदेश ५ को प्रादेशिक कार्यालय बुटवल मातहतका वितरण केन्द्रहरूको वितरणतर्फको विद्युत् चुहावटलाई ९.२६ प्रतिशतमा झार्ने भएको छ। प्राधिकरणले प्रादेशिक कार्यालय बुटवललाई आर्थिक वर्ष २०७५/७६ मा १२.३९ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालु आर्थिक वर्षमा ९.२६ प्रतिशतमा झार्ने लक्ष्य दिएको हो। कार्यालयको मंसिरसम्ममा औसत विद्युत् चुहावट १०.३२ प्रतिशत छ।

प्रादेशिक कार्यालय बुटवल मातहत प्रदेश नं ५ मा पर्ने ६ जिल्लाका ११ वितरण केन्द्रहरू छन् । कार्यालयअन्तर्गतका ग्राहकको सङ्ख्या चार लाख ३९ हजार छ भने ८४.४८ प्रतिशत विद्युतीकरण भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख नवराज सुवेदीले कार्यसम्पादन सम्झौता गरेका छन्। वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरूले सम्झौता गरेका छन्। -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com