इरान र इराकमा ट्रम्प प्रशासनको गतिविधिको विरोधमा अमेरिकाभर प्रदर्शनको तयारी

उच्च इरानी सैनिक अधिकारीको हत्या र मध्यपूर्वमा थप ३ हजार अमेरिकी सेना पठाउने ट्रम्प प्रशासनको निर्णयकाबिरुद्ध अमेरिकाभर प्रदर्शनको तयारी गरिएको छ । शनिबार अमेरिकामा विभिन्न स्थानमा ७० भन्दा बढी प्रदर्शनको तयारी भइरहेको छ ।

अमेरिकामा रहेका युद्धविरोधी सञ्जालको समन्वय र नेतृत्वमा प्रदर्शनको तयारी गरिएको हो । इराकबाट अमेरिकी सेना फिर्ता र इरानसँगको युद्ध रोक्न माग गर्दै प्रदर्शन गर्न लागिएको जनाइएको छ ।

प्रदर्शनहरु ह्वाइट हाउसको बाहिरपट्टी गर्न लागिएको छ भने न्युयोर्कको टाइम्स स्क्वायरमा पनि प्रदर्शन गरिदैछ । त्यस्तै अन्य स्थानमा पनि ट्रम्प प्रशासनको कदमको निन्दा गर्दै प्रदर्शनको तयारी भइरहेको छ ।

यसैबीच बर्लिनमा रहेको अमेरिकी दूतावासबाहिर पनि विरोध प्रदर्शन गरिएको छ । केही दर्जन व्यक्ति भेला भएर युद्धको विरोधमा प्रदर्शन गरेका थिए ।

Loading...

विहिबार राती पेन्टागनले गरेको हवाई हमलामा इरानका उच्च सैनिक अधिकारीको मृत्यु भएपछि मध्यपूर्वमा तनाव सृजना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानका उच्च सैनिक अधिकारीबिरुद्धको कारवाही इरानसँग लडाई सुरु गर्ने योजना अनुरुप भएको भन्ने आरोपको खण्डन गरेका छन् ।

तस्वीरमा अमेरिकाबिरुद्ध इरानमा गरिएको प्रदर्शन ।


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com