अमेरिकामा मृग ठानेर शिकारीले हाने बाबुछोरी, दुबैको मृत्यु


प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार

अमेरिकामा मृग भन्ठानेर एकजना शिकारीले बाबुछोरीमाथि गोली हानेका छन् । शिकारीको गोली लागेर ३० बर्षका किम ड्राउडी र ९ बर्षकी लरेनको मृत्यु भएको छ ।

नयाँ बर्षको दिनमा शिकार खेल्न गएका उनीहरुमाथि अर्का शिकारीले गोली हानेका थिए । साउथ क्यारोलिनामा उनीहरु घर नजिकै शिकार खेल्न गएका थिए ।

एउटा शिकारीको समुहले मृगहरुलाई धपाइरहेको थियो । त्यही अवस्थामा शिकार खेल्न गएका बाबुछोरीमाथि उनीहरुले गोली चलाएका थिए । बाबुछोरीको शव जंगलमा आपतकालिन उद्दारकर्ताहरुले फेला पारेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com