माग, आवेदन र छनोटमा सरकारको अनुगमन


प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार

सरकारले एक हप्ताअघि परीक्षणका रूपमा सुरु गरेकोवैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतकाअनलाइनप्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ ।नयाँ वर्ष २०२० को अवसरसँगै सुरु गरिएको अनलाइन प्रक्रियालाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस)मा जोडेर सरकारले श्रमिकका सबै प्रक्रियालाईआवश्यकताअनुसार अनलाइनमार्फत नै अनुगमन गर्नेछ ।

विदेश जाने प्रक्रियामा रहेका युवामाथि हुने ठगी नियन्त्रण गर्न सरकारले आवश्यकता अनुसार अनलाइनबाट निरीक्षण गर्न यो प्रणालीको सुरुवात गरेको हो । यो प्रणालीको विकासँगै वैदेशिक रोजगार विभागले श्रमिकका लागि हुने माग,आवेदन र छनोट प्रक्रियामा म्यानपावरको एकाधिकार तोडिएको छ । वैदेशिक रोजगारीको प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउनसरकारले निगराही गर्ने गरी एफइआईएमएस सञ्जालमा सबै प्रक्रिया प्रविष्टसमेत गरेको छ । यो प्रणाली कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीसम्बन्धी संस्थागत ठगीका उजुरीमा कम्तीमा ५० प्रतिशत कमी आउने वैदेशिक रोजगार विभागले जनाएको छ । सन् २०२० देखि सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा पासपोर्ट बनाउनेदेखि अध्यागमन प्रक्रियासम्मका लगभग १ दर्जन प्रक्रियाको अनलाइन प्रणालीबाटै नियमन, निर्देशन र नियन्त्रण गर्नसक्ने छ ।

यो प्रणालीको विकासँगै कामदारको माग, आवेदन र छनोटमा म्यानपावर कम्पनीको एकाधिकार अन्त्यमात्र भएको छैन कि आवश्यकता अनुसार सरकारले सुझाव र नियन्त्रणसमेत गर्ने छ । माग, आवेदन र छनोटमा केही म्यानपावर कम्पनीले नक्कली कागजात मिलाएर ठगी गदै आएका कारण पनि विभाग निरीक्षण गर्ने गरी प्रणालीको विकास गर्नुपरेको जनाएको छ । वैदेशिक रोजगारीका क्रममा सबैभन्दा बढी ठगी हुने कामदारको मागर छनोट प्रक्रियालाई मोड्युल बनाई आवश्यकता अनुसार हेर्ने मिल्ने प्रणालीको विकास गरिएको महानिर्देशक भुसालले जनाकारी दिए ।अब वैदेशिक रोजगारीका स्वास्थ्य परीक्षण, विज्ञापन, छनोटका लागि स्वीकृत स्थान र समयको समेत जानकारी अनलाइनबाट नै जानकारी हुने छ ।

देशभरका कुन म्यानपावरले कहिले र कहाँ श्रमिकको छनोट गरिरहेका छन्, सोको जानकारी विभागले अनलाइनमार्फत नै हेर्नसक्ने छ ।यसैगरी,प्रमाणीकरण मोड्युलरको कार्यान्वयनबाट कुटनीतिक नियोगले प्रमाणीकरण गरेका मागजातको विवरण एफइआईएमएसमा अद्यावधिक र अपलोड हुने छ । यो व्यवस्थाले ती कागजातहरू कुरियर गर्दा लाग्ने खर्च घट्ने, प्रमाणीकरण गरिएका मागपत्र तोडमोड नहुने विभागको भनाइ छ । एफइआईएमएसलाई समयानुकुल सुधार तथा अद्यावधिक गरी वैदेशिक रोजगारीमा जान चहाने श्रमिकको छनोट हुन पाउने अधिकारको सुरक्षा तथा आर्थिक हित समेतलाई प्रवद्र्धन गर्न विभागले विदेशस्थित कूटनीतिक नियोगहरूलाई समेत प्रमाणीकरणका मोड्युल तथा श्रमिक छनोट मोड्युल विकास गर्न निर्देशन दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमाणीकरण मोड्युल कार्यान्वयनका लागि लगइन र पासवर्ड नलिने नियोगहरूले सोको लागि विभागमा अनुरोध गरी मोड्युल कार्यान्वयनमा ल्याउन र एफइआईएमएसमार्फत मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य गर्न गराउन परराष्ट्रय मन्त्रालयमार्फत मंसिर २६ र विभागले पुस १० गते सबै निकायहरूका अनुरोध गरेको थियो ।-कारोबार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com