कर्णालीमा जीप खस्दा ४ जनाको मृत्यु
प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार

कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार से १ ज १०६४ नम्बरको जिप आज दिउसो कर्णाली नदीमा खसेको बताएको छ ।
दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन् । चालक रमेश शाहीको मात्रै सनाखत भएको छ भने अरुको अझै सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।