न्युयोर्कको आकाशमा हरियो बत्तिसहित बिष्फोट, उल्का रहेको आंशका


प्रकाशित मिति : पुस १६, २०७६ बुधबार

आइतबार राती न्युयोर्कको साराटोगा काउन्टीको आकाशमा हरियो बत्तिसहित बिष्फोट भएको देखिएको छ । राती पौने ११ बजेतिर बिष्फोट भएपछि प्रहरीले यसबारेका झण्डै ३० फोनकलहरु प्राप्त गरेको थियो ।

सर्वसाधारणहरुले ९११ मा फोन गरेर बिष्फोट र हरियो बत्तिबारे जानकारी दिएका थिए । बिष्फोटबाट घरहरु हल्लिनुका साथै आकाश अकस्मात हरियो देखिएको थियो ।

उक्त बिष्फोट उल्का भएको अनुमान गरिएको छ । सुरुमा प्रहरीले विद्युतको ट्रान्सफर्मर पड्केको अनुमान गरेको थियो । तर पछि ट्रान्सफर्मर नभएको पुष्टी भएको थियो ।

त्यसपछि प्रहरीले कुनै विमान दुर्घटनाभएको आशंकामा संघीय उडान प्रशासनमा सम्पर्क गरेको थियो । तर त्यहाँ त्यस्तो कुनै पनि घटना नभएको पुष्टी भएको थियो । राष्ट्रिय मौषम सेवालाई सम्पर्क गर्दासमेत त्यहाँ कुनै चट्यांग वा त्यस्तै घटना नभएको पुष्टी भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले त्यहाँ तारा खसेको वा उल्काबर्षा भएको हुनसक्ने अनुमान गरेको छ । ठूलो धातुजन्यपदार्थ आएर आकाशमा बिष्फोट भएको र हजारौं टुक्रा भएको प्रहरीको अनुमान छ ।

नासाले ठूलो उल्काहरुको अवलोकन गरिरहेकाले यो घटनाबाट नआत्तिन सर्वसाधारणहरुलाई आश्वस्त पारिएको छ । पृथ्वीमा तत्कालै त्यस्तो कुनै ठूलो उल्का ठोक्किने सम्भावना नरहेको समेत बताइएको छ ।

गतबर्ष न्युयोर्क सिटीमा रातीमा अचानक आकाशमा निलो किरण फैलिएपछि धेरैले उडन तस्तरी वा अन्य ग्रहको प्राणी हुनसक्ने भन्दै त्रास व्यक्त गरेका थिए । तर पछि प्रहरीले विद्युत ट्रान्सफर्मर पड्केको बताइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com