भ्रमण वर्ष २०२०: बाँके निकुञ्ज मुख्य गन्तव्य


प्रकाशित मिति : पुस १६, २०७६ बुधबार

नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।

यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गर्न सकिने भएकाले पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएका थिए । आर्थिक वर्ष २०७५/७६ मा १६० पर्यटक आएको निकुञ्ज प्रशासनले जनाएको छ । यसमा १४८ जना आन्तरिक पर्यटक छन् । ११ जना सार्क मुलुकका र एक जना विदेशी पर्यटक रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रुपमा छनोट गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए । “बाँके निकुञ्ज पर्यटक ट्रान्जिट हुँदैछ”, भट्टराईले भने, “कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।” पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि चासो बढेको उनले सुनाए । निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत व्यवस्था मिलाइएको छ । मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरवासका सञ्चालक कृष्ण चौधरीले बताए । “यहाँ ससाना चुरे शृङ्खला छन्”, उनले भने, “दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।” आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि घरवास (होमस्टे) र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि तीन वटा निजी थारू होमस्टे र १७ वटा घरमा सामुदायिक होमस्टे सञ्चालित छन् ।

हवाई टिकटमै सकिन्छ पर्यटकको पैसा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्रमण वर्षलाई लक्षित गरी पर्यटनमन्त्री योगेश भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकका हवाई भाडादर कम गर्ने बताइरहे पनि अझै ठोस निष्कर्ष निस्किएको छैन । सरोकारवाला विमान कम्पनीसँग उनले निरन्तर प्रयास भइरहेको छ । विदेशी पर्यटकका लागि हवाई भाडादर कम भए त्यसले पश्चिमको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । पश्चिम पर्यटक नआउनुमा महँगो हवाई भाडा पनि प्रमुख कारण रहेको पर्यटन व्यवसायीको भनाइ छ ।

भ्रमण प्याकेजको अधिकांश रकम हवाई भाडामै लाग्ने गरेको व्यवसायी बताउँछन् । काठमाडौँबाट पश्चिम नेपाल घुम्न नेपालगञ्ज आएका विदेशी पर्यटक यहाँ बास बसेका बेला होटल सञ्चालकसँग यस्तै गुनासो पोख्छन् । त्यस्ता पर्यटक यहाँसम्म हवाईजहाजमा आउँदा लाग्ने खर्चले त चितवन र पोखरा नै घुम्न भ्याइने तर्क गर्छन् । होटल तथा पर्यटन व्यवसाय प्रवद्र्धनका विषयमा हुने हरेक कार्यक्रममा एयरलाइन्स कम्पनीलाई कसरी हुन्छ हवाई भाडा घटाउन लगाउनुपर्ने माग गर्दै आएका छन् । होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेल भन्छन्, “नेपालीलाई अधिकतम रु १० हजार र विदेशी पर्यटकलाई झण्डै रु २० हजार हवाई भाडा लाग्दै आएको छ ।”

अध्यक्ष कँडेलले भ्रमण वर्ष २०२० शुरु भइसक्दासमेत यस विषयमा ठोस निष्कर्ष ननिस्किँदा सोचेजस्तो पर्यटक भित्र्याउन नसकिने बताए । “पश्चिम नेपालका पर्यटकीयस्थल विदेशीका लागि नयाँ छन् । काठमाडौँ ओर्लिएपछि अधिकांश पर्यटक पूर्वतर्फ केन्द्रित हुँदै आएका छन् । उनीहरु प्रायः पश्चिम नेपाल आउँदैनन्”, अध्यक्ष कँडेलले भने । ट्राभल्स कम्पनी जहाँ चर्चित पर्यटकीयस्थल छन्, त्यहाँकै ‘टुर प्योकज’ बनाउँछन् । “पश्चिमका धेरैजसो पर्यटकीय क्षेत्रका बारेमा विदेशीलाई थाहै छैन । उनीहरु काठमाडौँ, पोखरा, सौराहा, सगरमाथा त्यतैत्यतै जान चाहान्छन्”, होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष कँडेल भन्छन्, “पर्यटकले आफैँ पश्चिम घुम्छु भन्ने अवस्थामा बाहेक अन्यथा ट्राभल्सले महँगो हवाई भाडामा पर्यटकलाई यता पठाउँदैनन् । जसको मारमा हामी पर्छौं ।”

यहाँको पर्यटकीयस्थल चिनाउन बाँकी नै रहेका बेला हवाई भाडाले झन समस्या पारेको बुझाई यस क्षेत्रका होटल तथा पर्यटन क्षेत्रमा काम गर्नेको छ । पर्यटक प्रवद्र्धनमा सक्रिय सिद्धार्थ हस्पिटालिटी अफ विजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानले थप उडान हवाई भाडालगायत विविध विषय सम्बोधन हुन सकेमात्रै पश्चिम नेपालका पर्यटकीयस्थलमा विदेशी पर्यटक भरिभराउ हुने बताउँछन् । उनी भन्छन्, “कसले के गर्दा पश्चिम नेपाललाई फाइदा हुन्छ त्यो गर्न अग्रसर रहौँ ।” पश्चिम नेपालमा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न सबैभन्दा बढी पर्यटक आउँछन् । त्यसबाहेक कर्णाली प्रदेशको डोल्पा, हुम्लामा टे«किङको रुचि राख्दै आउने पर्यटक पनि छन् तर नगन्य मात्रमा । नेपालगञ्ज पुग्न झण्डै रु २० हजार खर्च गर्नुपर्छ भने डोल्पामा पुग्न अझ दोब्बर खर्च हुने गरेको पर्यटन व्यवसायीको भनाइ छ । ठाउँको प्रचारप्रसार नभएको अवस्थासम्म पर्यटकलाई तान्न भए पनि एयरफेयर हेरफेर गर्नुपर्ने नेपालगञ्जका पर्यटन व्यवसायीको माग छ ।

होटल व्यवसायी सीताराम यादव हवाई भाडासँगै पश्चिम नेपालका पर्यटकीयस्थल प्रचारप्रसार गर्नुपर्ने बताउँदै भन्छन्, “हवाई भाडा मात्र होइन पर्यटन क्षेत्रको प्रोत्साहनका लाथि थुप्रै काम गर्न बाँकी छ । सरकार र निजी क्षेत्रको सहकार्य बिना सम्भव छैन । त्यसका लागि सबैले हातेमालो गरौँ ।” -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com