न्युयोर्कमा एक डलरका लागि ६० बर्षका व्यक्तिको हत्या


प्रकाशित मिति : पुस १३, २०७६ आईतबार

न्युयोर्कमा एक डलरका लागि लुटेराहरुले एकजना ६० बर्षका व्यक्तिको हत्या गरेका छन् । न्युयोर्कको ब्रोंक्समा लुटेराहरुको समुहले एकजना व्यक्तिलाई कुटपिट गरेर एकडलर लुटेका थिए ।

क्रिसमसको पूर्व सन्ध्यामा भएको उक्त घटनामा कुटिएका व्यक्तिको शुक्रबार दिउसो मृत्यु भएको छ । हुआन फ्रेसनाडा नामका उक्त व्यक्तिको मष्तिष्कमा रक्तश्रावका कारण निधन भएको प्रहरीले जनाएको छ ।

मंगलबार राती १ बजेर २५ मिनेट जाँदा उनीमाथि कुटपिट भएको थियो । प्रहरीले सार्वजनिक गरेको सम्पादित भिडियोमा कुटपिट गरेको देखाइएको छ ।

आक्रमणकारीको पहिचान भएको छैन । अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com