टेक्सासमा चर्चमा गोली हानाहान, दुईजनामाथि गोली हान्ने आक्रमणकारीको पनि मृत्यु


प्रकाशित मिति : पुस १३, २०७६ आईतबार

टेक्सासको ह्वाइट सेटलमेन्टमा चर्चको सेवा चलिरहँदा गोली चलेको छ । बन्दुकधारीले दुईजनामाथि गोली हाने लगत्तै चर्चमा रहेका दुईजना व्यक्तिले बन्दुकधारीमाथि गोली चलाएका थिए ।

घटनामा आक्रमणकारीको मृत्यु भएको छ । आक्रमणकारीको गोलीबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । तर घाइतेको अवस्था भने गम्भिर रहेको छ ।

टेक्सासको सथरल्याण्ड स्प्रींगमा चर्चमा गोली चल्दा २६ जनाको मृत्युभएको घटनाको दुईबर्षपछि चर्चमा गोली चलाइएको यो घटना भएको हो । आजको घटनामा आक्रमणकारीमाथि गोली चलाउनेको प्रशंसा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com